६ भदौ, जापान । गैरआवासीय नेपाली संघको आगामी निर्वाचनका लागि जापानबाट ओम गुरुङले सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि एनआरएनए अभियानमा लाग्दै आएका छन् । सन् २००८ मा एनआरएनए जापानको उपाध्यक्ष, २०११–२०१३ मा अध्यक्ष र २०१३ देखि २०१९ सम्म आइसीसी सदस्य रहेर संस्थामा महत्वपूर्ण भूमिका पूरा गरेका गुरुङले यसपाली भने केन्द्रीय सचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
बिदेशी भूमिमा रहेर बिगत लामो समयदेखि नेपाल र नेपालीहरुको हितका लागि सहकार्य गर्दै बिभिन्न क्षेत्रमा सामाजिक सेवामा संलग्न रहदै आएका गुरुङले सम्वृद्धि, समावेशिता, सामुहिकता र संस्थागत सुदृढिकरणका लागि सचिवमा उम्मेदवारी घोषणा गरेको बताउँदै सबैको सहयोग र साथको अपेक्षा गरेका छन् ।
तमु ह्युल छोजधिं गुरुङ राष्ट्रिय परिषद नेपाल, एनआरएनए जापान र तमुधि जापानका संरक्षक रहेका गुरुङ; चितवन समाज जापान तथा पर्बत सामाज जापान एबं अन्तराष्ट्रिय पर्बत समाजका सल्लाहकार रहेका छन् ।
त्यस्तै एनआरएनए आइसिसिको विधान संशोधन समितिको उपसंयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ जापानको पूर्वअध्यक्ष समेत रहेर काम गरिसकेका छन् ।

वि.सं.२०७८ भदौ ६ आइतवार १२:३५ मा प्रकाशित






























