६ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुनेको संख्या बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,९२० जना संक्रमित र २,२४८ जना जना निको भएका छन् । आज संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी हो ।
आज थपिएका १९२० जनासँगै हालसम्म कोरोना संक्रमणबाट ८ लाख २९ हजार ८९० जना संक्रमित भएका छन् भने सोहि अवधिमा ६ लाख ९८ हजार १७३ जना संक्रमणबाट मुक्त भएका छन् ।
त्यस्तै आज देशैभरी २४ कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थपिएका २४ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ५०९ पुगेको छ ।
नेपालमा हाल ३८ हजार ७५१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३५ हजार ५५५ जना होम आइसोलेशनमा रहेका छन् भने ३१९६ जना संस्थागत आइलेशन सेन्टरमा रहेका छन् ।
त्यसैगरी हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ६८१ जना र १६९ जना भेन्टिलेटमा उपचाररत छन् । साथै ४२१ जना क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयका अनुसार हाल नेपालमा ४९ लाख ४२ हजार २५० जनाले पहिलो मात्राको खोप लगाएका छन् भने दुवै मात्रा खोप लगाउनेको संख्या ३८ लाख ४६ हजार ७३६ पुगेको छ । आज देशैभरी १८ हजार ३२२ जनाले खोप लगाएका छन् ।
पछिल्लो २४ घण्टामा थपिए २०७५ कोरोना संक्रमित, ३० जनाको मृत्यु
वि.सं.२०७८ भदौ ६ आइतवार १७:४२ मा प्रकाशित






























