back
CTIZAN AD

आत्महत्या गर्नेको संख्या बढ्न थाल्यो, दैनिक १९ व्यक्तिद्वारा आत्महत्या

वि.सं.२०७८ भदौ ६ आइतवार

681 

shares

६ भदौ , काठमाडौँ । नेपालमा आत्महत्याको घटना दैनिकरुपमा बढ्न थालेको छ ।

एक तथ्यांकका अनुसार एकदिनमा झण्डै १९ जनाले आत्महत्या गर्ने गरेका छन् । उक्त तथ्याङ्क अनुसार प्रत्येक १ घण्टा २० मिनेटमा एक आत्महत्याको घटना घट्ने गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले जारी गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा दैनिक आत्महत्या गर्नेको संख्या १४ देखि १५ जनाको हाराहारीमा रहेको थियो । तर, आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा दैनिक आत्महत्या गर्नेको संख्या १९ भन्दा बढी पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्क अनुुसार ५ हजार ७२० जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने १ हजार २७६ जनाले विष सेवन । ४६ जनाले हाम फालेर, ३६ जनाले पानीमा डुबेर तथा १९ जनाले आफैले आफैलाई आगो लगाएर आत्महत्या गरेको प्रहरीको तथ्यांकमा जनाइएको छ ।
नेपालमा आत्महत्याका मुल कारकतत्व आर्थिक, सामाजिक, पारिवारिक र मानसिक समस्या मान्ने गरिएको छ ।
पछिल्ला समय कोरोनाका कारण देशको आर्थिक अवस्था जर्जर भएको र रोजगारीको अभाव तथा आर्थिक समस्या परेर मानसिक रुपमा पीडा भोगेकाहरुबाट पनि आत्महत्या गरेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या गर्ने विश्वका विभिन्न देशहरुमा नेपाल ७ औं स्थान र महिलाको तथ्यांकमा नेपाल तेस्रो नम्बरमा पर्दछ ।

 

वि.सं.२०७८ भदौ ६ आइतवार १७:४२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...