back
CTIZAN AD

टयाङ्करले ठक्कर दिँदा एकको मृत्यु

वि.सं.२०७८ भदौ ८ मंगलवार

627 

shares

८ भदौ, महोत्तरी । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने लक्ष्मीनिँया वनक्षेत्रमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सोमबार राति ज४प २७०० नंको मोटरसाइकलमा सर्लाहीतर्फ जाँदै गरेका धनुषा जिल्लाको मिथिला नगरपालिका–३ का ३३ वर्षीय धनपैत महतोको दुर्घटनामा परी मृत्यु भएको हो ।

महतोकै मोटरसाइकलमा पछाडि बसेका सर्लाहीको हरिओन नगरपालिकाको अत्रौलीका १३ वर्षीय नवीन महतो गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।

राति करिब १० बजे महतो चढेको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना३ख ८८०० नंको तेल ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते भएका दुवैलाई तत्काल उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्याइएको र अस्पतालमै चिकित्सकले धनपैतको मृत्यु भएको घोषणा गरेका इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । अर्का घाइते नवीनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

मृतक महतोको शव परीक्षण गर्न आज बिहान प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । तेल ट्यङ्कर, त्यसका चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ ।

बालिकाको मृत्यु

राजविराज– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिकास्थित कदमहामा आज बिहान भएको सावरी दुर्घटनामा परी एक बालिकाको ज्यान गएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६९५६ नंको तेल ट्याङ्कर सुरुङ्गा नगरपालिकास्थित दिलीप एण्ड ब्रदर्श पेट्रोलपम्प नजिक रोकिराखेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ना८ख ३४२२ नको ट्रकले पछाडिबाट ठक्कर दिँदा ट्रक चालक सुनसरी रामधुनि इकराही नपा–४ बस्ने आशाराम चौधरीका नौ वर्षीय छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनामा ट्रक चालक ४५ वर्षीय आशाराम चौधरी, निजकी ४० वर्षीया श्रीमती चन्द्रकला थारुनी निजका छोरा आशिष चौधरी घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान सिरहा पठाइएको छ भने ट्रक र टयाङ्कर प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टयाङ्कर चालक तत्काल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १३:२७ मा प्रकाशित

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...