back
CTIZAN AD

माधवलाई अन्तिम समय साथ नदिएका भीम रावल सुदुरपश्चिमबाटै एक्लिदैँ

वि.सं.२०७८ भदौ ८ मंगलवार

747 

shares

भदौ ८, काठमाडौं । माधवकुमार नेपाललाई पार्टी विभाजन गर्न उस्काएर अन्तिम समय साथ छाडेका भीम रावल अन्ततः आफ्नै पकड क्षेत्रबाट एक्लिने भएका छन् । सुदुरपश्चिममा राम्रो पकड भएका रावललाई उनकै अति निकटस्थ नेताहरुले साथ छाडेका हुन् ।

रावलका अति निकटस्थ मानिने दीर्घ सोडारी र तारा लामा तामाङलगायतको समूह माधव पक्षमा लागेका छन् । रावल निकट देखिएका र सुदुरपश्चिममा राम्रो प्रभाव भएका एमालेका नेताहरु प्रेम आले, विना बुढाथोकी, निरा जैरुलगायत पनि यसअघि नै माधव पक्षमा घोषित रुपमै लागेका थिए ।

लेखराज भट्टको टोसलो रावललाई बाँकी नै

एमालेमा मिसिए पनि रावललाई पूर्वमाओवादी नेता लेखराज भट्ट पक्षको टोसलो बाँकी नै रहनेछ । १० बुँदेअनुसार २०७५ जेठ २ कै अवस्थामा एमालेलाई फर्काएपनि सुदुरपश्चिममा भने थप विभाजन हुने देखिन्छ ।

पछिल्लो समय भित्रिएका र एमालेको सुदुरपश्चिमको नेतृत्व गरेको भट्ट समूहले रावललाई सहयोग होइन् विरोध गर्दै आएका छन् । यसअघि सुदुरपश्चिमको इन्चार्ज को हुने भन्ने विषयमा रावल पक्षधर र भट्ट पक्षधरबीच पटक–पटक झडपसमेत भएका थिए ।

जसले पनि रावललाई थप अप्ठ्यारो पार्ने देखिन्छ ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १३:२७ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...