back
CTIZAN AD

अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको माधवको खुलासा

वि.सं.२०७८ भदौ ८ मंगलवार

717 

shares

भदौ ८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै योजना र सल्लाहमा मुख्यमन्त्री बनेको बताएका छन् । मंगलबार पार्टी बैठकपछि चन्द्रागिरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘उहाँ (अष्टलक्ष्मी शाक्य) मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने ।

पत्रकार सम्मेलनमा नेता नेपालले कुन पार्टी रोज्ने भन्ने कुरा शाक्यमै निर्भर रहेको बताए । कानुनी प्रक्रियाअनुसार २१ दिनभित्र पार्टी रोज्नुपर्ने भएकोले शाक्य अप्ठ्यारोमा रहेको नेता नेपालकाे भनाइ छ ।

‘२१ दिनभित्र रोज्न पाउने व्यवस्था अनुसार त्यो समयभित्र कता रोज्नुहुन्छ, त्यसका आधारमा त्यो सरकारलाई हेर्ने दृष्टिकोण बन्छ’, नेपालले भने ।

माधव पक्षले नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिँदै गर्दा शाक्य बागमतीको मुख्ममन्त्रीमा नियुक्त भएकी थिइन् । माधव पक्षमा रहेर पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचक देखिएकी शाक्य अन्तिम समय भने एकता पक्षमा उभिएकी थिइन् ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १३:४६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...