८ भदौ, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीहरुलाई भौतिकरुपमै उपस्थित गराएर कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ ।
समितिको मंगलवार बसेको बैठकले कोरोना भाइरसविरुद्धका स्वास्थ्य माफदण्डलाई पालना गरेर विद्यार्थीहरुलाई भौतिकरुपमै उपस्थित गराएर परीक्षा लिन निर्देशन दिएको हो ।
समितिकी सभापति जयपुरी घर्तीले विश्वविद्यालय तहका परीक्षाहरु केही सम्पन्न र केही संचालन भइरहेको अवस्थाामा कक्षा १२ को परीक्षा गराउनुपर्ने निर्देशन दिएकी थिइन् भने बैठकमा उपस्थित समितिका अन्य सदस्यहरुले पनि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीच समन्वय गरेर तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका थिए ।
कोरोना संक्रमणको जोखिम रहेको भन्दै साउन ३१ गते हुने परीक्षा रोकिएको र अन्य परीक्षाहरु सम्पन्न भइरहेको अवस्थामा कक्षा १२ को परीक्षा पनि स्वास्थ्यका मापदण्ड अपनाएर संचालन गर्न समितिले निर्देशन दिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले यअिघ नै स्वास्थ्यका मापदण्ड अपनाएर परीक्षा संचालन गर्न तयार रहेको बताएको छ ।
११ र १२ कक्षा हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परिक्षा दशैँ अगावै हुने बताएका छन् । उनले परिक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना विरुद्धको खोप लगाउने वातावरण बनेपछि दशैंअघि नै परिक्षा हुन सक्ने बताएका थिए ।
वि.सं.२०७८ भदौ ८ मंगलवार १४:१३ मा प्रकाशित






























