back
CTIZAN AD

एमालेका तेस्रो धारप्रति संकेत गर्दै माधव नेपालले भने – हामीलाई घर न घाटको बनाउने षडयन्त्र गरियो

वि.सं.२०७८ भदौ ८ मंगलवार

579 

shares

भदौ ८, काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का संयोजक माधवकुमार नेपालले आफुँहरुलाई घर न घाटको बनाउने षडयन्त्र गरिएको बताएका छन् । आफ्नो पक्ष छाडेर एकता पक्षमा उभिएका एमालेको तेस्रो धारप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् ।

नेता नेपालले बाध्य अवस्थामा पुगेपछि मात्रै नयाँ पार्टी दर्ता गरिएको बताए । ‘पार्टी गठन गर्नै नदिई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ, न यता जान दिने न उता जान दिने अवस्था ल्याउने गरी षड्यन्त्र भइरहेको छ,’ उनले भनेका छन्, ‘त्यो षडयन्त्रलाई चिर्न नै नयाँ पार्टी बनाउन तर्फ लागेका हौं ।’

एकता अभियानमा उभिएका नेताहरुले एकोहोरो ओलीको पक्षमा काम गरेको आरोप माधवको छ । उनले भने, ‘जे विषय उठायौं त्यसको पक्षमा नउभिने, मात्रै केपी ओलीको गतिविधिलाई रोक्न केही पनि नगर्ने तर हामीलाई आन्दोलनबाट वञ्चित गर्ने कार्य गरियो ।’

कुनै पद र प्रतिष्ठानको लागि नयाँ पार्टी बनाउन नलागेको प्रस्टीकरण पनि नेपालले दिएका छन् । ‘पार्टी गठनको लडाईं पदको लडाईं होइन, अहमको लडाईं पनि होइन, विचारको लडाईं हो, क्रान्तिकारी धारको जीवन्त पार्टी बनाउने अभियान हो,’ नेपालले भने ।
ओलीले जेठ २ को बहानामा नेताहरुलाई भ्रमित पारिरहेको माधवको आरोप छ । उनले ओलीमा रुपान्तरण निकै असम्भव देखिएको पनि बताए ।

ओलीसँग वैचारिक मतभिन्नता भएपछि अलग हुनुको विकल्प नदेखिएको नेता नेपालको भनाई छ । ‘केपीको कित्ता एकातिर क्रान्तिकारी कित्ता अर्कोतिर भएको छ । पार्टीबाट निस्कासन गरेपछि त्यो पार्टीका लागि ढोका बन्द भयो । निस्कासन गरेपछि कि त घुँडा टेकेर बस्नुपर्दथ्यो कि त सडकमा रहनुपर्दथ्यो । हामी त्यसो गर्न सक्दैनथ्यौँ,’ नेपालले भने, ‘ओलीले पार्टीलाई प्रालिको रुपमा चलाउने प्रयास भयो । पार्टीमा दुई धार देखिन थाल्यो । एउटा दक्षिणपन्थी र अर्को क्रान्तिकारी धार । क्रान्तिकारी धारमा रहने साथीहरू तुरुन्त नयाँ पार्टी खोल्नुपर्छ भन्ने आवाज थियो ।’

वि.सं.२०७८ भदौ ८ मंगलवार १४:१९ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...