back
CTIZAN AD

माधव छाडेका नेताहरु अन्ततः गए एमाले स्थायी समिति बैठकमा

वि.सं.२०७८ भदौ ८ मंगलवार

753 

shares

भदौ ८, काठमाडौं । माधवकुमार नेपालको साथ छाडेका नेताहरु अन्ततः एमालेमै रहने भएका छन् । माधव पक्ष छाडेसँग पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा उनीहरु सहभागि भएका छन् ।

मंगलबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बोलाइएको स्थायी समिति बैठकमा माधव छाडेका १० नेताहरु युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तसहभागि भएका छन् ।

यसअघि उनीहरु ओलीले बोलाउने कुनै पनि बैठकमा सहभागि भएका थिएनन् । यसअघि सोमबार ओली निवास बोलकोटमा ओली र माधव छाडेका १० नेताहरुबीच १० बुँदे कार्यान्वयनका विषयमा मौखिक सहमति भएको थियो । उक्त सहमति बमोजिम नेताहरु आजको बैठकमा उपस्थित भएका हुन् ।

आजको स्थायी समिति बैठकले गत असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी तयार पार्ने भनिएको छ । यसअघि ओली र तेस्रो धारका नेताहरुबीच भएको सहमतिअनुसार १० कार्यान्वयनको मोडालिटी बनाउन नेताहरु ईश्वर पोखरेल, भीम रावल र विष्णु पौडेल रहेको अनौपचारिक कार्यदल बनाइएको थियो ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १६:०६ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...