८ भदौ, काठमाडौं । नेपाली सुन बजारमा मंगलबार छापावाल सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बृद्दि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलवारको बजारमा प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
साताको सुरुवाती दिन आइतवार ९० हजार ९ सयमा कारोबार भएको सुनको भाउ दुईदिनमै ७ सय रुपैयाँले बढेको हो ।

त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार एकसय रुपैयाँ र चाँदी प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको महासंघद्धारा जराी विवरणमा उल्लेखछ ।
वि.सं.२०७८ भदौ ८ मंगलवार १६:१६ मा प्रकाशित






























