८ भदौँ, काठमाडौँ । रु रु जलविद्युत परियोजनाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले असोज १६ गते बिहान ११ बजे दुई आर्थिक वर्षको साधारण सभा बोलाएको हो ।
साधारणसभामा कम्पनीले आर्थिक वर्ष ७६/७७ अवधिको मुनाफाबाट चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले सर्बसाधारणबाट प्रतिनिधित्व गर्ने १ जना र संस्थापकबाट प्रतिनिधित्व गर्ने ५ जना संचालकको निर्वाचन समेत गर्ने छ ।
लाभांश प्रयोजनको लागि कम्पनीले अशोज ७ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार अशोज ६ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् ।
वि.सं.२०७८ भदौ ८ मंगलवार १७:१७ मा प्रकाशित



























