back
CTIZAN AD

निषेधाज्ञामा कडाइ थालेपछि कोरोना सङ्क्रमण घट्दै

वि.सं.२०७८ भदौ ८ मंगलवार

627 

shares

८ भदौ, बलेवा । निषेधाज्ञामा कडाइ थालेपछि बागलुङमा कोरोना सङ्क्रमणदर घट्न थालेको छ ।

एक महिना पहिला ८०० जना सक्रिय सङ्क्रमित रहेको बागलुङमा पछिल्लो तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३८८ मा झरेको छ ।

जिल्लामा सोमबार जम्मा आठमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ भने ४५ ले कोरोनालाई जितेर घर फर्किएका छन् । एन्टिजेन परीक्षणका क्रममा सोमबार बरेङ गाउँपालिकाका २ र गल्कोट नगरपालिकाका ६ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘‘लक्षण देखिएका बिरामीको निरन्तर जाँच भइरहेको छ, सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको पाएका छौँ’’, कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भने, ‘‘गत भदौ १० पछि निषेधाज्ञा खुकुलो गर्न दबाब छ, खुकुलो हुँदा जोखिम बढ्न सक्छ ।’’

कोरोना सङ्क्रमणका कारण जिल्लामा हालसम्म ६४ ले ज्यान गुमाएका छन् । सोमबार राति बागलुङ नगरपालिका–१२ अमलाचौरका ७२ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको उपचारका क्रममा धौलागिरि अस्पतालमा मृत्यु भएको हो ।

‘‘दोस्रो लहर चल्ने बेला जस्तो अक्सिजनको कमी हुने सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ, अस्पतालमा गम्भीर समस्या लिएर आउने कम छन्’’, उनले भने, ‘‘भेला, सभामा सहभागी हुनेमा बढी सङ्क्रमण देखिन्छ, सजगता अपनाउँदा सङ्क्रमण कम हुन्छ ।’’

वि.सं.२०७८ भदौ ८ मंगलवार १७:१९ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...