back
CTIZAN AD

माधवको पक्षमा ३१ सांसद र ६५ केन्द्रीय सदस्यको समर्थन

वि.सं.२०७८ भदौ ९ बुधवार

1.1K 

shares

भदौ ९, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदनमाथि सनाखत सुरु भएको छ । आयोगमा नेताहरु पुगेसँगै सनाखत सुरु भएको हो ।

माधव पक्षले सुरु सनाखतमा नेकपा (एकीकृत समाजवादी)को पक्षमा ३१ सांसद र ६५ केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरेको छ । सांसद निरादेवी जैरुका अनुसार संख्या सनाखतको क्रममा केहि थप हुनसक्ने बताइन् ।

दिल्लीमा उपचाररत नेता झलनाथ खनालले पनि वारेसमार्फत आफ्नो समर्थन पठाएका छन् । यसअघि दल दर्ताका लागि निवेदन दिँदा एमालेका २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीद दल वा केन्द्रीय समितिमा २० प्रतिशतको समर्थन चाहिन्छ । सो व्यवस्थाअनुसार दाबी गरिएबमोजिम माधव नेपाल नेतृत्वको पार्टीमा दुवै तर्फ २० प्रतिशत पुग्ने देखिन्छ ।

अहिले आयोगमा एकिकृत समाजवादीको पक्षमा देखिएका सांसद र केन्द्रीय सदस्यहरुको लाइन फरक–फरक गरि सनाखत सुरु गरिएको छ ।

वि.सं.२०७८ भदौ ९ बुधवार १२:०५ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...