back
CTIZAN AD

सभामुख सापकोटालाई ओलीको शुभकामना : एमाले फुटाएपनि दाँत राम्रोसँग टालियोस् !

वि.सं.२०७८ भदौ ९ बुधवार

681 

shares

भदौ ९, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि आक्रोश पोखेका छन् । १४ सांसदलाई गरिएको कारबाहीको सूचना टाँस्न रोकेर न्यायाधिश बनेको भन्दै उनले आक्रोश पोखेका हुन् ।

ओलीले माओवादी केन्द्रले टोपबहादुर रायमाझीलगायतमाथि गरेको कारबाहीबारेको सूचना तत्काल टाँस्ने सभामुखले एमालेको सन्दर्भमा विभेद गरेको बताए । उनले एमालेले गरेको कारबाहीको सूचना टाँस्नुपर्नेमा दाँत टाल्न हिँडेको भन्दै आक्रोश पोखे ।

‘प्रचण्डले आदेश दिँदा टोपबहादुर रायमाझीजीहरुमाथि हतार–हतार कारवाही गरेको सुनाउनुभो तर, एमालेले गरेको कारवाही गरेको नौ दिनसम्म कार्यान्वयन गर्नुभएको छैन, हिजो त उहाँ दाँत टाल्न जानुभएको थियो’, पत्रकार सम्मेलनमा ओलीले भनेका छन् ।

उनले १४ सांसदमाथि गरिएको कारबाही पार्टी जोगाउनका निम्ति थियो भन्दै सभामुखले पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाए । उनले सभामुख सापकोटालाई राम्रोसँग दाँत टालियोस् भन्दै शुभकामना पनि दिएका छन् ।

‘हामीले कारवाही गर्नुको उद्देश्य पार्टी फुट रोक्नु थियो, १४ जनालाई निस्काशन गरेको भए उहाँहरुको संख्या पुग्दैनथ्यो र पार्टी फुट्दैन थियो’, ओलीले भनेका छन्, ‘तर, एमाले फुटाउनकै लागि कारवाहीको सूचना नटाँसेर सभामुखले पक्षधरता देखाइरहनुभएको छ, सूचना टाँस्नुहोला भनेको दाँत टाल्न हिँड्नुभयो, उहाँको दाँत राम्रोसँग टालियोस्, शुभकामना छ !’

सम्बन्धित समाचार

माधव पक्षमा लागेका नेताहरुलाई ओलीको आग्रह : मुल घरमा फर्कनुस्, पूर्वाग्रह राख्दिन !

वि.सं.२०७८ भदौ ९ बुधवार १३:२२ मा प्रकाशित

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...