back
CTIZAN AD

फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा सेवाग्राही समस्यामा

वि.सं.२०७८ भदौ ९ बुधवार

594 

shares

९ भदौ, कावासोती । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकिँदा सेवाग्राहीलाई समस्या भएको छ ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरणसम्बन्धी परिपत्र नआएपछि यातायात व्यवस्था कार्यालयले कर सङ्कलन तथा नवीकरण कार्य रोकेको छ । कर सङ्कलन र नवीकरणको काम रोकिएपछि यस क्षेत्रका सेवाग्राही भने समस्यामा परेका छन् ।

मन्त्रालयबाट फरक प्रदेशका सवारीको कर सङ्कलन र नवीकरणका लागि परिपत्र नआएकाले कावासोतीस्थित कार्यालयबाट गण्डकी प्रदेशबाहेकका अन्य प्रदेशमा दर्ता भएका सवारी साधनको कर तथा नवीकरण कार्य रोकिएको यातायात व्यवस्था कार्यालयका प्रमुख ज्ञानप्रसाद भुसालले बताए ।

यस कार्यालयबाट अघिल्ला वर्षमा सवारी धनीको ठेगाना गण्डकी प्रदेश रहेकाहरूका सवारी साधन दर्ता अन्य प्रदेशमा भएको भए पनि कर सङ्कलन र नवीकरण हुँदै आएको थियो ।

अहिले यस आर्थिक वर्षका लागि मन्त्रालयले कर सङ्कलन र नवीकरण यथास्थितिमा गर्न भनी कुनै पत्राचार नगरेकाले आफूहरूले फरक प्रदेशमा दर्ता भएका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकेको कार्यालय प्रमुख भुसालले जानकारी दिए ।

“हामीलाई प्रत्येक वर्ष कर सङ्कलनका लागि मन्त्रालयबाट पत्र आउथ्यो, सोही आधारमा सवारी धनीको ठेगाना गण्डकी प्रदेशमा भएका तर सवारी साधन दर्ता अन्य प्रदेशमा भए पनि नवीकरण गर्ने काम गथ्र्यौँ”, उनले भने, “अहिले यस्तो परिपत्र आएको छैन, यसले गर्दा अन्य प्रदेशमा दर्ता भएका सवारी साधनको कर सङ्कलन र नवीकरण कार्य रोकेका छौँ ।” अहिले गण्डकी प्रदेशबाट दर्ता भएका सवारी साधनको मात्रै कर सङ्कलन र नवीकरण गरिएको उनले बताए ।

फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकिँदा सेवाग्राही भने समस्यामा परेको गुनासो गरेका छन् । यस क्षेत्रमा अधिकांश बागमती, लुम्बिनी, नारायणीबाट दर्ता भएका सवारी साधन सञ्चालनमा छन् ।

ती स्थानबाट सवारी दर्ता भएका सेवाग्राही अहिले अन्यत्र कर बुझाउन जानुपर्दा समस्या सिर्जना भएको उनीहरूको भनाइ छ । नवलपुरको कार्यालयले आफ्नो सवारी साधन नवीकरण नगर्दा अब अन्यत्र जानुपर्दा समस्या हुने स्थानीयवासी निरोज सिञ्जालीले बताए ।

प्रमुख भुसालले भने आफूहरूले यस विषयमा कर सङ्कलन र नवीकरणका लागि अनुमति दिन पत्राचार गरिसकेको बताए । “हामीले सेवाग्राहीका समस्या बुझेका छौँ, पत्राचारसमेत सम्बन्धित निकायमा गरेका छौँ”, कार्यालय प्रमुख भुसालले भने, “सायद चाँडै यस विषयमा निकास आउने छ, अघिल्ला वर्षहरूमा जसरी कर सङ्कलन र नवीकरणका लागि निरन्तरता दिनु भने हामी तत्काल कार्य गर्छौँ ।”

वि.सं.२०७८ भदौ ९ बुधवार १३:२३ मा प्रकाशित

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...