९ भदौँ, काठमाडौँ । कुमारी बैंकले ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरीसँग सम्झौता गरेको छ ।
कुमारी बैंकका मार्केटिङ प्रमुख श्री नवीन मुनि बज्राचार्यज्यू तथा मेडी क्वेस्ट ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठज्यूले सम्झौतमा हस्ताक्षर गरेका छन ।
सम्झौता पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीबाट उपलब्ध हुने विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सकिनेछ ।
कुमारी बैंकले देशभरमा १९६ शाखा, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट आफ्ना ग्राहकहरुलााई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउँदै आएकोे छ ।
वि.सं.२०७८ भदौ ९ बुधवार १३:१२ मा प्रकाशित






























