९ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले माधव नेपालको नेतृत्वमा रहेको नेकपा एकिकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् ।
माधव समुहले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि सनाखत गरेसँगै नेता खनालले पनि दिल्लीमा रहेको नेपाली दूतावासमार्फत् सनाखत गरेको बताइएको छ ।
निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका सबै नेताहरुलाई सशरीर उपस्थित हुन भनेपनि लामो समयदेखि दिल्लीमा उपचार गराइरहेका खनालले दूतावासमार्फत् दलदर्ताका लागि सनाखत गरेको र आफू माधव नेपाल नेतृत्वको पार्टीमै आउने बताएका छन् ।
सनाखतका लागि निर्वाचन आयोग पुगेका एकिकृत समाजवादी नेता बलराम बास्कोटाले भने– ‘उहाँ एमालेको उपाध्यक्षबाट राजिनामा दिएर एकिकृत समाजवादीमै आउनुहुन्छ ।
वि.सं.२०७८ भदौ ९ बुधवार १३:११ मा प्रकाशित






























