back
CTIZAN AD

ढिलो निर्णय लिएका वामदेव दम्पत्ती अलपत्र, दुवैका सांसद पद पनि धरापमा

वि.सं.२०७८ भदौ १० बिहीवार

909 

shares

भदौ १०, काठमाडौं । लामो समयसम्म कता जाने निर्णय लिन नसक्दा एमाले उपाध्यक्ष वामदेव गौतम र उनी पत्नी तुलसा थापा गौतम अलपत्र परेका छन् । एमाले विवादमा कहिले पार्टी अध्यक्ष केपी शर्मा ओली नजिक त कहिले माधवकुमार नेपाल नजिक देखिएका उनीहरु अन्तिमसम्म पनि निर्णय लिन नसक्दा अलपत्र परेका हुन् ।

माधव पक्षमा जाने घोषणा गरेका उनले अन्तिम समय आफ्नो भनाई फिर्ता लिएका थिए । तर, ओली पक्षले बोलाएको बैठकमा नगएका गौतम दम्पत्ती दल दर्ताको प्रक्रियामा लागेपछि भने माधव पक्षमा उभिएका थिए ।

बुधबार माधव पक्षका केन्द्रीय सदस्य तथा सांसदहरुको सनाखत सकिए पछि मात्रै गौतम दम्पत्ती माधव पक्ष तर्फ भएको भन्दै निवेदन बोकेर आयोग पुगेका थिए । तर, समय सकिएको कारण गौतम दम्पत्तीको निवेदनलाई आयोगले स्वीकार गरेन ।

दुवैका पद धरापमा

प्रतिनिधि सभा निर्वाचनमा हारेका वामदेव गौतम राष्ट्रपतिको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए भने उनकी पत्नी तुलसा समानुपातिक सांसद हुन् ।

समयमै निर्णय नगर्दा गौतमको पद जाने/नजाने निश्चित नभएपनि तुलसाको पद भने जाने देखिन्छ । गौतमको पद सरकारको सिफारिसमा हुने भएकाले उनको विषयमा सरकारले के–कस्तो निर्णय लिन्छ भन्ने रहन्छ ।

एमालेबाट राजीनामा दिने तयारीमा

माधव पक्षमा अन्तिम अवस्थामा देखिएका गौतम एमालेबाट भने राजीनामा दिने भएका छन् । गौतमले सार्वजनिक मिडियामार्फत नै राजीनामा दिने बताएका हुन् ।

ओलीसँग नबस्ने गौतमको भनाई छ । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु’, नेता गौतमले एक सञ्चारमाध्यमसँग भनेका छन्, ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एक दुई दिनभित्रै हुन्छ ।’

सम्बन्धित समाचार

किन बोली फेरिरहन्छन् वामदेव ?

वि.सं.२०७८ भदौ १० बिहीवार १४:२२ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...