१० भदौँ, काठमाडौँ । जीवन विकास लघुवित्तको प्रतिकित्ता शेयरमूल्य ५ हजार नाघेको छ । आज कारोबार सुरु भएको केहि समय अवधिमै कम्पनीको शेयरमूल्य ४७२.६० रुपैयाँले बढेर ५१९८ पुगेको हो ।
साउनको दोसो सातादेखि जीवन विकास लघुवित्तको शेयर दोस्रो बजारमा कारोबारमा आएको थियो । कारोबार शुरु भएदेखि नै निरन्तर सर्किट लागेर लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ५ हजार नाघेको हो ।
वि.सं.२०७८ भदौ १० बिहीवार १४:३९ मा प्रकाशित


























