back
CTIZAN AD

सि र पुटिनबीच अफगानिस्तानबारे फोन वार्ता

वि.सं.२०७८ भदौ १० बिहीवार

672 

shares

१० भदौँ, काठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए ।

हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उनीहरुबीचमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति सिले अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताको चीनले सधैँ सम्मान गर्ने बताएका थिए । साथै उनले यस विषयमा आगामी दिनमा पनि चीनले अफगानिस्तानमा रचनात्मकरुपमा सहयोग गर्ने बताएका थिए ।

हाल अफगानिस्तानमा देखिएको समस्याको समाधान रचनात्मकरुपले गर्नका लागि चीनले सहयोग पु¥याउने उनले उल्लेख गरेका थिए । यसका लागि रुससहित विभिन्न देशलगायत अन्तरराष्ट्रिय समुदायसँग आवश्यक छलफल र परामर्श गरेर अफगानिस्तानको समस्या समाधानका लागि चीनले सहयोग गर्ने उनको भनाइ थियो ।

साथै अफगानिस्तानमा हाल देखिएको असहज परिस्थितिमा अफगानिस्तान र त्यहाँका नागरिकलाई सहयोग गर्न रुस पनि तयार रहेको राष्ट्रपति पुटिनले बताएका थिए ।

उता अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्य यही अगष्ट ३१ सम्म सक्ने बताएका छन ।

अमेरिकाले एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको र आगामी अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने आफ्नो विश्वास रहेको भनाइ उनले बुधबार पनि दोहो¥याएका हुन ।

त्यहाँ उडानको सङ्ख्यामा वृद्धि गरिएको जानकारी पनि दिइएको छ । आवश्यकताको आधारमा पछिल्ला केही दिनमा उडानको सङ्ख्या थपिएको र आवश्यक कागजपत्रका आधारमा मानिस अफगानिस्तानबाट बाहिरिएका छन् ।

काबुल विमानस्थलमा अहिले पनि भीडभाड रहेको छ । मानिस भागदौडका कारण विमानस्थल अझै पनि अस्तव्यस्त रहेको बताइएको छ । विमानस्थलमा अफगानभन्दा पनि बढी विदेशी नागरिकको भीड लागेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लागेको हो ।

तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रले देश छोड्न चाहेका छन् । अहिले पनि विमानस्थलमा आफ्नो देश जान चाहने कम्तीमा पनि दश हजार मानिस रहेका बुधबार बताइएको छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार १४:०९ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...