back
CTIZAN AD

प्रधानन्यायाधीशमाथि नै प्रश्न उठेपछि विषयवस्तुमा प्रवेश नै नगरी उठ्यो इजलास

वि.सं.२०७८ भदौ ११ शुक्रवार

600 

shares

भदौ ११, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसको आधारमा भएका नियुक्तिविरुद्वको रिटमा विषयवस्तुमै प्रवेश नगरी इजलास उठेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई समेत विपक्षी बनाइएको मुद्दा भएकाले उनी बस्न नमिल्ने तर्क बहसका क्रममा उठेको थियो ।

वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले गरेपछि राणाको विषयमा प्रश्न उठएका थिए । उनले नियुक्तीमा राणा नाममा समेत भागवण्डा भएको भन्दै अर्यालले इजलासमा राणाको उपस्थिति उचित नहुने बताएका थिए ।

शुक्रबारको इजलासमा प्रधानन्यायाधीश आफै विपक्षी रहेको रिटको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा उनी रहने कि नरहने भन्ने विषयमा छलफल गरेर निर्णय लिने भन्दै इजलास उठेको हो। संविधानले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिलाई अनिवार्य भनेको छ।

राणा इजलासमा बस्न हुने नहुनेबारे बहस चलेपछि न्यायाधीशहरु उठेर हिँडेका थिए। संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने नबस्ने कुरा छलफल गर्ने भन्दै न्यायाधीशहरु उठेसँगै आजको बहस विषय प्रवेश नै नगरि सकिएको हो।

न्यायाधीश इश्वरप्रसाद खतिवडाले भने, ‘संविधानले प्रधानन्यायाधीशको उपस्थितिलाई संवैधानिक इजलासमा अनिवार्य भनेको छ तर उहाँ आफै विपक्षी भएको मुद्दा आयो। तपाईँहरुका कुरा सुन्यौँ। तर आज विषयमा प्रवेश गर्दैनौँ। कानुनका मान्य सिद्धान्त र अभ्यासलाई नभत्काउने गरी बिचको बाटो निकाल्नुपर्ने छ। हामी सल्लाह गछौँ।’

सम्बन्धित समाचार

संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशको नाम जोडिएपछि…

वि.सं.२०७८ भदौ ११ शुक्रवार १४:४५ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...