back
CTIZAN AD

खसी, बोका बिक्रीबाट मनग्य आम्दानी

वि.सं.२०७८ भदौ ११ शुक्रवार

735 

shares

११ भदौ, वालिङ । स्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गरे ।

कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाएका उनलाई आफ्नै गाउँठाउँमा व्यवसाय सुरुआत गर्न मन लाग्यो । मलेसिया, दुबई र भारतका विभिन्न कम्पनीमा रोजगारी गरेका उनलाई घर छोडेर टाढा विदेशी भूमिमा बस्दा मन खिन्न हुन्थ्यो ।

उनलाई परिवारसँगै बसेर केही न केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटीले छाडेन । यसले गर्दा उनी विदेश बसाइँलाई छोट्याएर आफ्नै जन्मभूमिमा फर्किए । स्वदेश फर्केपछि केही न केही व्यवसाय थाल्ने मनसायका साथ उनले अग्रजसँग सल्लाह तथा परामर्श लिए र गाउँमै सुन्तला तथा बाख्रापालन व्यवसाय सुरु समेत गरे ।

उनले आफूसँग भएको रकम र ऋण गरी झण्डै रु १४ लाखका लगानीमा ‘गणेश बाख्रा फार्म’ दर्ता गरे । स्थानीय तथा उन्नत जातका बाख्राका माउ पाल्न शुरु गलरेका उनलाई त्यत्तिमै सीमित हुन मनले मानेन् ।

उनले यहाँ वरिपरि उत्पादन भएका बोका तथा पाठाको बजारीकरणमा समस्या देखेपछि गाउँगाउँमा उत्पादन भएका खसी, बोका र पाठा खरिद गरी ल्याउने र फार्ममार्फत बिक्रीवितरण गर्न थाले ।

“आफ्नो फार्ममा उत्पादन भएका खसी, बोकासँगै गाउँमा रहेका किसानका खसी, बोका सङ्कलन गरी एकै ठाउँबाट बिक्रीवितरण शुरु गरेँ”, युवा व्यवसायी पाठकले भने, “यसले गर्दा यहाँ उत्पादन भएका खसी बोकाले उचित बजार पाउने भएपछि खसी, बोका नबिक्ने समस्याको हल भएको छ ।”

व्यवसाय सञ्चालन गरेसँगै उनले बढीमा रु दुई करोडसम्मको कारोबार र थोरैमा गत वर्ष बन्दाबन्दीका कारण रु ८० लाख बराबरको कारोबार गरेका छन् । यहाँ उत्पादन भएका खसी, बोका तथा पाठा बिक्रीका लागि अहिले समस्या नभएको उनले बताए ।

“थोरैथोरै उत्पादन हुने र बिक्री गर्नका लागि समस्या हुने रैछ, त्यस्तो अवस्थामा बजार मूल्य पनि राम्रो नपाइने हुँदोरहेछ”, उनले भने, “गाउँगाउँमा रहेका फार्म तथा व्यक्ति–व्यक्तिबाट सङ्कलन गरी एकमुष्ट बिक्री गर्दा बजार दिगो हुने भएकाले व्यवसायी खोजीखोजी आउने गरेका छन् ।”

यहाँ उत्पादन भएका खसी, बोका तथा पाठा काठमाडौँ तथा पोखरामा खपत हुने गरेको छ । उनले भने, “कामलाई सानो ठूलो नभनी फरक तरिकाले गर्नसकिएमा सफल भइन्छ । ” गल्याङ नगरपालिकाले बाख्रापालनका लागि पकेट क्षेत्र घोषणा गरेको छ ।

नगरपालिकाका पशु शाखा प्रमुख सुशील अर्यालले किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएपछि अहिले फार्म खुल्ने क्रम वृद्धि भएको बताए । विशेष गरी विदेश गएर फर्केका युवा बाख्रापालन व्यवसायतर्फ आकर्षित हुँदै गएको देखिन्छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १७:५३ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...