back
CTIZAN AD

आज पाँच प्रदेशमा भारी वर्षा र यी नदीको बहाव बढ्ने सम्भावना,सतर्क रहन अनुरोध

वि.सं.२०७८ भदौ १३ आइतवार

711 

shares

१३ भदौ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू–भागमा थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी÷धेरै भारी सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी\धेरै भारी सम्भावना रहेको छ ।

त्यस्तै राति पनि प्रदेश १, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी पछिल्लो ६ घण्टामा कपिलबस्तु जिल्लाको बाणगंगा स्थित बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको र थप बर्षा हुने पूर्वानुमान रहेकोले बाणगंगा, गुडुङ लगायतका स-साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने, तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन बाढी पूर्वावुमान महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै आज नारायणी र यसका सहायक नदीहरु, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार ०८:४५ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...