back
CTIZAN AD

श्रीलङ्काद्वारा सर्तसहित भारतसँगको सीमा नाका खुल्ला

वि.सं.२०७८ भदौ १३ आइतवार

639 

shares

१३ भदौ, नयाँ दिल्ली । श्रीलङ्काले भारतसँगको सीमा नाका सर्तसहित खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द गरिएको सीमा नाका अहिले खुल्ला गरिएको अधिकारीहरुले जनाएका छन् ।

खुल्ला गरिएको नाकाबाट पूर्ण खोप लगाएका र कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट भएका व्यक्तिहरुलाई मात्रै आवतजावत गर्न दिइने भएको छ । यात्रुले पीसीआर रिपोर्ट ७२ घण्टा भित्रको मात्रै देखाउनुपर्ने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
सरकारी अधिकारीले जारी गरेको वक्तव्यका अनुसार श्रीलङ्काबाट भारतको चेन्नाइ, मुम्बइ, बेङ्लोरलगायतका क्षेत्रमा हवाई उडान पनि सुरु हुनेछ । त्यसका लागि उडान तालिकासमेत बनिसकेको उनीहरुले जनाएका छन् ।

स्वास्थ्य सुरक्षाको अवस्था, माग, आवश्यकतालगायत आधारमा आवतजावतको तालिका थप विस्तार पनि हुने वक्तव्यमा उल्लेख गरिएको छ । श्रीलङ्कन एयरलाइन्ससहित विभिन्न विमान सेवा प्रदायक कम्पनीले यात्रुका लागि सहुलियत तथा आकर्षक प्याकेज पनि घोषणा गरेको छ ।

श्रीलङ्काबाट भारत जानेभन्दा पनि भारतबाट श्रीङ्का आउनका लागि प्रेरित गर्न खोजिएको र यसले विस्तारै देशको पर्यटन, व्यापार, व्यवसायलाई पुनःउत्थान गर्न सजिलो बनाउने धेरैले विश्वास लिएका छन् । श्रीलङ्का आएकालाई देशको जुनसुकै ठाउँ पनि जान सकिने व्यवस्था गरिएको तर स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने सर्त भने राखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

श्रीलङ्कामा अहिलेसम्म चार लाख १६ हजार ९६१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये आठ हजार ३७१ जनाको मृत्यु भएको छ ।एएनआई

वि.सं.२०७८ भदौ १३ आइतवार ०९:११ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...