back
CTIZAN AD

किताब पढ्नुस स्वास्थ्य रहनुस

वि.सं.२०७३ फागुन १२ बिहीवार

1.3K 

shares

book-readingकिताब नियमित पढ्ने बानी स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । नियमित रुपमा पढ्नु भनेको ज्ञान हासिल गर्नुमात्र नभएर धेरै प्रकारका स्वास्थ्य समस्याबाट बच्नु पनि हो । पढ्नु दिमागको लागि राम्रो हुन्छ । रातमा सुत्नु भन्दा पहिले किताब पढ्ने बानीले निद्रा राम्रो लाग्छ । अल्जाइमर जस्ता भुल्ने बिमारबाट टाढा भइन्छ । आउनुहोस् जानौँ किताब पढ्नाले के के फाइदा हुँदा रहेछन त ?

के भन्छन् विज्ञहरू ?
स्कटल्याण्डमा भएको एक अनुसन्धानबाट पत्ता लागे अनुसार नाच्न, पढ्न र नाटक हेर्न मन पराउने मानिसहरूको स्वास्थ्य अत्यन्तै राम्रो पाइएको छ । अनुसन्धान अनुसार जसले १ वर्ष देखि निरन्तर पुस्तकालयमा किताव पढेको छ उनीहरूको स्वास्थ्य किताव नपढ्ने भन्दा २० प्रतिशत राम्रो पाइएको छ । अनसन्धानले यो पनि बताए अनुसार जसले पढ्नुलाई आफ्नो सोख मानेका छन् उनीहरूको स्वास्थ्य ३३ प्रतिशत राम्रो रहेको छ । त्यस्तै किताब पढ्ने बानीले व्यक्तिको लक्ष्य निर्धारण गर्न मद्दत गर्दछ । ज्ञानको स्तर बढाउनुका साथै व्यक्तिको तार्किक क्षमताको बृद्धि हुन्छ । त्यसैले आजैदेखि राम्रा किताबहरू पढ्ने बानी बसालौँ ।
खुसीले दिन बिताउनुस् – कहिलेकाहिँ तपाई खाली हुनुहुन्छ भने कुनै राम्रो जीवनपयोगी किताब पढ्ने बानी बसाल्नुहोस् । किताब पढ्नाले तपाईलाई दिन गएको पत्तै हुँदैन र ज्ञान गुणको कुरा पनि सिक्न पाइन्छ ।

आनन्द सुत्नुहोस् – सुत्नुभन्दा अगाडि अबेरसम्म टिवी हेर्ने र कम्प्युटरमा काम गर्ने बानीले तपाईंको निद हराउँदै जाने डर हुन्छ । तर, सुत्नु भन्दा पहिले किताब पढ्ने बानी बसाल्नु भयो भने तपाईंलाई मिठो निद लाग्नेछ । त्यसकारण सुत्नु भन्दा पहिले किताबको पाना पल्टाउन नभुल्नुहोस् ।
किताब पढ्दाको फाइदा :-

स्मरणशक्ति बढ्छ: पढ्ने मानिसहरूमा स्मरण शक्ति बढ्दै जान्छ । टिवी हेर्ने र कम्प्युटरमा बस्ने व्यक्तिभन्दा पढ्ने व्यक्तिहरूको दिमाग तेज हुन्छ । यसका साथै पढ्ने व्यक्तिहरूको सोच्ने र सम्झने क्षमता बढी हुन्छ ।

अल्जाइमरबाट बचाउ“छ : अल्जाइमर एक प्रकारको दिमागी बिमारी हो । यो रोग प्राय उमेर बढी भएका व्यक्तिहरूमा लाग्ने गर्छ । यसका कारण व्यक्तिको सम्झन सक्ने क्षमता कम हुँदै जान्छ । एक अनुसन्धानमा यो पनि भनिएको छ की, जो व्यक्ति पढ्न तथा चेस लगायतका खेलमा व्यस्त रहन्छन् त्यस्ता व्यक्तिमा अल्जाइमर हुने सम्भावना कम हुन्छ । यसकारण अल्जाइमरको बिकारबाट बच्न पनि किताव पढ्नुपर्ने बिज्ञहरू सल्लाह दिन्छन् ।

तनाव हटाउ“छ – किताब पढ्नु मानिसमा रहेको तनाब हटाउने राम्रो उपाय हो । बेलायतमा भएको एक अनुसन्धान अनुसार राम्रा किताबहरूले तनाबमा रहेका मानिसहरूको हर्मोनको स्तर कम गर्न सहयोग गर्छ । ऐजेन्सी

वि.सं.२०७३ फागुन १२ बिहीवार ०४:२३ मा प्रकाशित

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...