Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

नुवाकोटमा बैसठ्ठी हजारले पाए पुनःनिर्माणको किस्ता



१२ फागनु, त्रिशूली (नुवाकोट) । भूकम्पपछिको पुनःनिर्माणका लागि नुवाकोटमा ६२ हजार नागरिकलाई अनुदान रकमको पहिलो किस्ता वितरण भएको छ । यस्तै हालसम्म एक सय ८० नागरिकले दोस्रो किस्ताको रकमसमेत लिइसकेका छन् ।

गुनासो सम्बोधन भएका सात हजार नागरिकमा गैरलाभग्राहीसमेत रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयमा निमित्त प्रमुख वेदप्रसाद गौडेलले गौडेलले बताउनुभयो ।

पूर्व सांसद मञ्चले बुधबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा मञ्चका कावा अध्यक्ष झलकनाथ वाग्लेले मञ्चले भूकम्प प्रभाबित जिल्लाहरूमा अन्तक्र्रिया कार्यक्रम गर्दै पुनःनिर्माणको क्रममा भएका समस्या तथा चुनौतीलाई प्रधानमन्त्रीको कार्यालयसम्म लग्ने र समस्या समाधानका लािग पहल गर्ने बताउनुभयो ।

नुवाकोटका राजनीतिक दलले सम्बन्धित कार्यालयमा आवश्यकतानुसार कर्मचारी व्यवस्थापन नहुँदा पुनः निर्माणमा समस्या उत्पन्न भएको बताउँदै सम्बन्धित सबै कार्यालयमा आवश्यकतानुसारको कर्मचारी व्यवस्थापन र ऐननियममा छिटोछरितोपन भएमा पुनःनिर्माणले तीव्रता पाउने आशा व्यक्त गरे ।

गौडेलका अनुसार हाल गुनासो सम्बोधनपछि प्रबलीकरण गर्न मिल्ने भनेर तोकिएका घर पुनःनिर्माण नै गर्नुपर्ने भएको छ । गाउँघरमा निर्माण भएका ढुङगामाटाका घर प्रबलीकरणभन्दा नयाँ निर्माणमा सहज र सस्तो हुने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ