back
CTIZAN AD

नुवाकोटमा बैसठ्ठी हजारले पाए पुनःनिर्माणको किस्ता

वि.सं.२०७३ फागुन १२ बिहीवार

1K 

shares

१२ फागनु, त्रिशूली (नुवाकोट) । भूकम्पपछिको पुनःनिर्माणका लागि नुवाकोटमा ६२ हजार नागरिकलाई अनुदान रकमको पहिलो किस्ता वितरण भएको छ । यस्तै हालसम्म एक सय ८० नागरिकले दोस्रो किस्ताको रकमसमेत लिइसकेका छन् ।

गुनासो सम्बोधन भएका सात हजार नागरिकमा गैरलाभग्राहीसमेत रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयमा निमित्त प्रमुख वेदप्रसाद गौडेलले गौडेलले बताउनुभयो ।

पूर्व सांसद मञ्चले बुधबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा मञ्चका कावा अध्यक्ष झलकनाथ वाग्लेले मञ्चले भूकम्प प्रभाबित जिल्लाहरूमा अन्तक्र्रिया कार्यक्रम गर्दै पुनःनिर्माणको क्रममा भएका समस्या तथा चुनौतीलाई प्रधानमन्त्रीको कार्यालयसम्म लग्ने र समस्या समाधानका लािग पहल गर्ने बताउनुभयो ।

नुवाकोटका राजनीतिक दलले सम्बन्धित कार्यालयमा आवश्यकतानुसार कर्मचारी व्यवस्थापन नहुँदा पुनः निर्माणमा समस्या उत्पन्न भएको बताउँदै सम्बन्धित सबै कार्यालयमा आवश्यकतानुसारको कर्मचारी व्यवस्थापन र ऐननियममा छिटोछरितोपन भएमा पुनःनिर्माणले तीव्रता पाउने आशा व्यक्त गरे ।

गौडेलका अनुसार हाल गुनासो सम्बोधनपछि प्रबलीकरण गर्न मिल्ने भनेर तोकिएका घर पुनःनिर्माण नै गर्नुपर्ने भएको छ । गाउँघरमा निर्माण भएका ढुङगामाटाका घर प्रबलीकरणभन्दा नयाँ निर्माणमा सहज र सस्तो हुने बताइएको छ ।

वि.सं.२०७३ फागुन १२ बिहीवार ०३:४३ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...