back
CTIZAN AD

धागो कारखानाको जग्गा फिर्ता भएन

वि.सं.२०७३ फागुन ११ बुधवार

921 

shares

११ फागुन, रुपन्देही (तिलोत्तमा)  । बुटवल धागो कारखानाको जग्गा अझै फिर्ता हुन सकेको छैन ।

बुटवल नगरपालिका– १२ रामनगरस्थित बुटवल औद्योगिक क्षेत्रमा रहेको बुटवल धागो कारखाना बन्द भएको वर्षौंँ भइसक्दा पनि सरकारले सञ्चालन गर्न नसक्दा उक्त जग्गा अनुत्पादक क्षेत्रमा गएको भन्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले फिर्ता माग गरेको छ ।

व्यवस्थापन कार्यालयको नाममा रहेको एक सय ४४ रोपनी जग्गा लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । सो जग्गा धागो कारखनाबाट फिर्ता लिएर नयाँ उद्योग स्थापना गर्न चाहने उद्योगीलाई प्रदान गर्ने योजना कार्यालयको रहेको छ ।

“जग्गामा अन्य उद्योग खोल्न सकिने सम्भवना छ,” व्यवस्थापन लिमिटेडका प्रमुख तुलबहादुर रानाले भन्नुभयो । विसं २०६४ देखि बन्द रहेको सो धागो कारखानाको करिब ३३ बिगाहा जग्गा रहेको छ । विसं २०३२ मा स्थापना भएको उक्त औद्योगिक क्षेत्रमा अहिले ६४ वटा उद्योग चालु अवस्थामा छन् ।

सरकारी स्वामित्वको बुटवल धागो कारखाना बन्द हुँदा सो उद्योगका करोडाँैं मूल्यपर्ने उपकरण जीर्ण छन् । स्थानीयवासीले उद्योग खुलाउन पटक÷पटक दबाब दिँदै आएका रुपन्देही उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेशराज रेग्मीले बताउनुभयो । उद्योगले बुटवल औद्योगिक क्षेत्रलाई तिनुपर्ने करिब रु एक करोड भाडा समेत तिरेको छैन । रासस

वि.सं.२०७३ फागुन ११ बुधवार ११:३४ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...