back
CTIZAN AD

मोबाइल ब्याङकिङ सेवा पु¥याउनुपर्नेमा जोड

वि.सं.२०७३ फागुन ११ बुधवार

780 

shares

११ फागुन,काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले ग्रामीण भेगमा मोबाइल ब्याङकिङ सेवा पु¥याउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नुभएको छ ।

पुँजीमा पहुँच बढाउँदै नेपालको गरिबी घटाउन क्रियाशील बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभागअन्तर्गतको परियोजना ‘सक्षम’ र व्यापारीक प्रतिष्ठान आइएमई समूहको ‘आइएमई डिजिटल’ बीच आज यहाँ आयोजित मोबाइल ब्याङकिङ सेवासम्बन्धी सम्झौता समारोहमा उहाँले त्यस्तो आवश्यकता औँल्याउनुभएको हो ।

नगदरहित कारोबारले पारदर्शिता सुनिश्चित गर्ने बताउँदै गभर्नरले अनौपचारिक माध्यमबाट हुने कारोबार नियन्त्रणमा समेत मोबाइल ब्याङकिङ प्रणालीले सघाउने वास्तविकता प्रस्ट्याउनुभयो । सूचना तथा सञ्चार प्रविधिको वर्तमान युगमा विद्युतीय कारोबार सुरक्षित एवम् भरपर्दो हुने भएकाले केन्द्रीय बैंकले त्यसको प्रवद्र्धनलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

देशका सम्पूर्ण जिल्लामा पाँच हजार पाँचसय ‘एजेन्ट’ बाट वित्तीय सेवा प्रवाह गर्दै आएको आइएमईका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र मध्य तथा सुदूरपश्चिमका सबै जिल्लामा सेवारत सक्षम परियोजनाका टोली नेता बलजित बोहोराले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा अध्यक्ष ढकालले मुलुकको वित्तीय सेवालाई सबल र सुदृढ तुल्याउन निजी क्षेत्रको प्रतिबद्धता दोहो¥याउँदै त्यसनिम्ति सरकारसँग हातेमालो गरेर अनौपचारिक कारोबार र वित्त प्रवाहलाई निरुत्साहित गर्न आफू दृढ रहेको बताउनुभयो ।

वि.सं.२०७३ फागुन ११ बुधवार ११:२९ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...