back
CTIZAN AD

विदेशमा बस्ने चितवनेद्धारा ‘युनाईटेड कलेक्टिभ फोरम’ गठन

वि.सं.२०७३ फागुन ११ बुधवार

708 

shares

चितवनबाट विभिन्न देशमा काम गर्न गएका युवाद्धारा छरिएर रहेको पुँजिलाई एकीकृत गरी व्यापार व्यवसाय गर्न तथा सामाजिक क्षेत्रमा सहयोग गर्न ‘युनाईटेड कलेक्टिभ फोरम’ निर्माण गरिएको छ । एनआरएनएका केन्द्रिय सदस्य तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि एबं समाजसेवी सोम सापकोटाको नेतृत्वमा फोरम गठन भएको हो ।
फोरमको सहसंयोजकमा कतारमा कार्यरत चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष ईश्वरराज पौडेल रहनुभएको छ । उहाँहरुसँगै विभिन्न ८ देशमा संयोजक समेत तोकिसकिएको पौडेलले जानकारी दिनुभयो । चितवनमा आएर उद्योग व्यवसाय सञ्चालन गर्न र सामाजिक क्षेत्रमा समेत सहयोग गर्न फोरम बनाईएको हो । उहाँका अनुसार सो फोरमको ईजरायल संयोजकमा शान्ता अधिकारी ज्ञवाली, साईप्रसमा जसु पुन मगर, आयरल्याण्डमा चेतराज वली, कोरियामा दुर्लभ पोखरेललाई जिम्मा दिईएको छ । यस्तै बहराईन प्रकाश लामिछाने, युएईमा गणेश न्यौपाने, कुबेतमा डिवि लोप्चन, कतारमा समिर केसी र जापानमा राजन श्रेष्ठलाई संयोजक तोकिएको छ ।
सानो पुंजि अनुत्पादक क्षेत्रमा लगानी भएको छ, त्यसैलाई उत्पादन क्षेत्रमा लगानी गर्ने फोरमको उद्देश्य रहेको सापकोटाले बताउनुभयो । चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिका सल्लाहकार समेत रहनुभएका सापकोटाका अनुसार सिटी होटल, कृषि पर्यटन, क्षेत्रमा सानो पुँजिलाई लगानी गर्न पहल गरिने छ । मुख्य गरी मध्यम उद्योग सञ्चालन गरेर स्वरोजगार बनाउने र पर्यटन विकासमा योगदान दिने लक्ष्य राखिएको सापकोटाको भनाई छ । केही महिनाभित्रमा खाका सहित आर्थिक संकलन अभियान थालिने उहाँले बताउनुभयो । यसमा ५० हजार देखि १ करोड सम्म लगानी गर्न सकिने छ । सँगसँगै वैदेशिक रोजगारीमा जानका लागि तालिम समेत प्रदान गरिने योजना रहेको जनाईएको छ ।

वि.सं.२०७३ फागुन ११ बुधवार ११:२२ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...