back
CTIZAN AD

नेपाल लाइफ र नेशनल मर्चेन्ट बैंकर बीच समझदारी

वि.सं.२०७८ भदौ १३ आइतवार

1.1K 

shares

१३ भदौ, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. र नेशनल मर्चेन्ट बैंकर बीच समझदारी भएको छ ।

नेपाल लाइफले नेशनल मर्चेन्ट बैंकर लि. को ५१% संस्थापक शेयर खरिद गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेको हो । नेपाल लाइफले काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  नविन बास्कोटाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल लाइफले उक्त शेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पूँजी रु. ३० करोड हुनेछ ।

No description available.

कार्यक्रममा दुबै कम्पनीका संचालक समितिका अध्यक्षहरु र सदस्यहरुको उपस्थित रहेको थियो । साे अवसरमा नेपाल लाइफकाे तर्फबाट नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफले आफ्नो लगानी इन्भेष्टमेन्ट बैंक र कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरे । नेशनल मर्चेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नबिन बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर भरोसापूर्ण एवं बलिया बैंकको रुपमा काम गर्दै जाने बताए ।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत  सन्तोष प्रसाईंले नेपाल लाइफ नेपालकाे जीवन बीमा क्षेत्रमा सवैको विश्वास जितेर उत्कृष्ठ ब्राण्ड रहन सफल भएको बताए । उनले अब नेशनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पूँजीबजारमा सफल कम्पनीको रुपमा स्थापित गरिने बताए ।

वि.सं.२०७८ भदौ १३ आइतवार १६:३८ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...