back
CTIZAN AD

बाढीले विद्यालयमा क्षति, पठनपाठन अवरुद्ध

वि.सं.२०७८ भदौ १५ मंगलवार

612 

shares

१५ भदौ, मनाङ । नदीमा आएको बाढीले विद्यालयमा क्षति पुगेको छ ।

बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको हो । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ ।

जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायणप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार तीन माध्यमिक र एक आधारभूत विद्यालयमा धेरै क्षति पुगेको छ । यी विद्यालयहरुमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको उनले बताए ।

जिल्लाका नमूना विद्यालयका रुपमा रहेको लोकप्रिय मावि र प्रकाश ज्योति माविको आधा भाग बाढीले बगाएको छ भने पठनपाठन गर्न सकिने अवस्था नरहेको रेग्मीले बताए । नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माविमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा छ ।

चारवटा मात्रै मावि रहेको मनाङका विद्यालयमा खोला पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको शिक्षाप्रमुख रेग्मीले बताए । “कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ सुनिश्चित गर्न सम्बन्धित निकायसँग बारम्बार समन्वय गरिरहका छौँ, बस्ती नै जोखिम रहेको र स्थानान्तरण गर्नुपर्ने भएकाले विद्यालयको भौतिक संरचना कहाँ बनाउने यो विषयमा छलफलकै प्रक्रियामा रहेको छ,” रेग्मीले भने ।

विद्यालयमा अझै पनि नदी बगिरहेको छ, अब बस्ती जता स्थानान्तरण हुन्छ त्यतै बालबालिकाको पठनपाठन गर्ने स्थान पनि निश्चित हुने अपेक्षा गरिएको भानु माविका प्रधानाध्यापक श्यामकृष्ण पन्तले जानकारी दिए । “विद्यालयको भवन हुँदा पठनपाठन रोकियो, कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम भएर पढाइ हुने बेला विद्यालय भवन नै बाढीले बगायो, अहिले विद्यालयको भवनमा खोला बगिरहेको छ, बालबालिकाको भविष्य र पठनपाठन के होला भन्न सक्ने अवस्था नै छैन,” पन्तले भने ।

त्यस्तै, नासों गाउँपालिका–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माविलाई एकतर्फ मस्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पुर्याएको छ । १२ कक्षासम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि मस्र्याङ्दी नदीमाथिको झोलुङ्गे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकस भएको विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले बताए ।

“छात्रावासमा बालबालिका राख्न सक्ने अवस्था नै छैन, पहिराको जोखिममा कति बेला परिन्छ विद्यालय ढुक्क हुनसक्ने समय छैन, यस्तो अवस्थामा बालबालिकाको भविष्य निर्धारणका लागि सम्बन्धित निकायले समयमै सचेत हुनुपर्छ,” प्रधानाध्यापक पन्थीले भने, “शिक्षक र विद्यार्थी बस्ने स्थान नै सुरक्षित छैन, कहाँ राखेर पठनपाठन गराउने भन्ने हामी पनि चिन्तित छौँ, विद्यार्थी र शिक्षक नै विद्यालयसम्म पुग्न सक्ने बाटो छैन, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घसँग समन्वय गरी समाधान गर्ने प्रयत्नमा छौँ ।”

सदरमुकामस्थित चामे गाउँपालिका–४ स्थित नमूना विद्यालय लोकप्रिय माविको मस्र्याङ्दी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुगेको छ । छात्रावास सहितको विद्यालयको एक चौथाइ भाग मात्रै बाँकी रहेको छ । कम भाग मात्रै बाँकी रहेको विद्यालयमा राखेर विद्यार्थीको पठनपाठन अगाडि बढाउन सक्ने अवस्था छैन ।

“बाढीको कटानले विद्यालय भवनको एक चौथाइ बाँकी छ, शैक्षिकसत्रको अन्तिम अन्तिमतिर आइसकेका छौँ, कोरोना कहरले शिक्षा क्षेत्रमा धेरै नोक्सान पुर्याएकामा अहिले बाढीपहिराले पनि जोखिम थपिदियो, विद्यार्थीहरुलाई कोरोनाको खोप दिएर पठनपाठन थाल्न सरकारबाट नै आदेश भएमा कहाँ राखेर कक्षा सञ्चालन गर्ने भन्ने चिन्ताको विषय बनेको छ,” लोकप्रिय माविका प्रधानाध्यापक कृष्णदास कोइरालाले भने ।

कोरोनाले थलिएको मनाङको शैक्षिक क्षेत्रमा बाढीले झन् थिलथिलो बनाएको उनले बताए । बाढीपहिराका साथै कोरोना कहर न्यूनीकरण हुँदै जाँदा बालबालिकाको भविष्य निर्माणका लागि पठनपाठन सञ्चालन गर्नुपर्ने हुन्छ तर विद्यालयका भवन नै बाढीपहिराले बगाएपछि मनाङका धेरै विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनेछन् ।

 

वि.सं.२०७८ भदौ १५ मंगलवार १४:२७ मा प्रकाशित

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...

पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो

पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो

कास्की । पोखरा महानगरपालिका र पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

रास्वपा कास्की सभापतिमा अधिकारी

रास्वपा कास्की सभापतिमा अधिकारी

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी...