back
CTIZAN AD

सडक सञ्जाल टुटेको बजारमा भरियाका भरमा नूनतेल

वि.सं.२०७८ भदौ १५ मंगलवार

663 

shares

१५ भदौ, बलेवा । सडक सञ्जाल टुटेको जिल्लाको दक्षिणी बजारमा भरियाका भरमा नूनतेल पुर्याइएको छ ।

सडक सञ्जाल टुटेको जिल्लाको दक्षिणी बजार शेरा बजारमा भरियाको भरमा कालीगण्डकी तारेर केही दिनयता नूनतेल पुर्याइएको हो । दक्षिण जोड्ने सबै सडक वर्षा, बाढी र पहिरोका कारण अवरुद्ध भएपछि कुश्मा–कैया अग्लो झोलुङ्गे पुलमा भरिया लगाएर व्यवसायीले बजारमा खाद्यान्न पुर्याएका हुन् ।

दक्षिण क्षेत्रका बजारमा खाद्यान्न ढुवानी गर्ने सबै व्यवसायीले अग्लो पुल तारेर गाउँमा सामग्री पुर्यारहेका छन् । लामो समय सडक सुचारु नहुँदा व्यवसायी र उपभोक्ता सबैलाई मार परेको जैमिनी नगरपालिका– ९ का व्यवसायी राजु शर्माले बताए ।

मजदुर लगाएर कुश्माबाट कैया पुर्याइएका सामान कैयादेखि भने सवारीले नै बोक्ने गरेका छन् । सडक सञ्जाल टुटेको जिल्लाको दक्षिणी बजार शेरा बजारमा भरियाको भरमा कालीगण्डकी तारेर केही दिनयता नूनतेल पुर्याइएको छ ।

असार १ गतेको भारी वर्षापछि बागलुङ नगरपालिका– १० को एक्लेसालमा गएको पहिरोले बागलुङ कुश्मीशेरा सडक बगायो । सोही दिन पहिरोको सिकार बनेको कालीगण्डकी करिडोर पनि राम्रोसँग मर्मत भएको छैन् ।

करिडोरमा खसिरहने पहिरो र बागलुङ कुश्मीशेरा सडक बन्द हुँदा सदरमुकामसँग सडक सम्पर्क टुटेपनि पर्वतको मुकामसँग दक्षिणले सम्पर्क राख्ने गरेको छ । आफ्नै जिल्ला मुकाम जाने बाटो छैन, समयमा सडक मर्मत गर्न नसक्दा छिमेकी जिल्लाको घुमाउरो बाटो हुँदै मुकाम पुग्नु परेको जैमिनी चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु आचार्यले गुनासो गरे ।

सडक नभएकै कारण यहाँका किसानले उत्पादन गर्ने दैनिक दुई हजार लिटर दूध महँगो भाडा तिरेर यान्त्रिक पुलको बाटो कुश्मा पुर्याउने गरिएको छ । पुल तारेर ल्याइएको खाद्यान्न र यान्त्रिक पुल तरेर बजार पुग्ने दूध दुवैको मूल्य महँगो पर्ने उपभोक्ताको गुनासो छ ।

बागलुङ कुश्मीशेरा सडकको बेसनै नरहने गरी पहिरोले बगाएकाले हिउँद लागेपछि मात्रै सडक मर्मत गर्न सकिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
रासस

वि.सं.२०७८ भदौ १५ मंगलवार १६:२५ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...