back
CTIZAN AD

बिना नेतृत्व वाइसिएलद्वारा नयाँ केन्द्रीय समिति चयन

वि.सं.२०७८ भदौ १६ बुधवार

696 

shares

१६ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेलाले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।

भाद्र १२ देखि १५ गतेसम्म भर्चुअलरुपमा सम्पन्न भेलाले विवादका कारण नेतृत्व चयन गर्न नसकेपछि विना नेतृत्व २३१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको हो । केन्द्रीय कमिटीमा तीनजनाले अध्यक्ष पदमा दाबी गरेपछि अध्यक्ष विनाको केन्द्रीय कमिटी गठन गरिएको हो ।

राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध शेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी गरेका थिए । तर सहमती जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्नेगरी नयाँ केन्द्रीय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो।

सो भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । वाइसीयलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु चयन गरिएको जानकारी दिए।

नयाँ केन्द्रिय समितिमा २३ जना भने पछि मनोनित हुनेछन्। वाइसियलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन्। अबको एक सातामा वाईसीएलको केन्द्रीय कमिटीको बैठक बस्ने र पदाधिकारीहरु चुन्ने तयारी छ

वि.सं.२०७८ भदौ १६ बुधवार १०:१२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...