१६ भदौ, काठमाडौं । सुनको भाउमा केही दिनयता निरन्तर गिरावट आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलवारको बजारमा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आजपनि २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ११९५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ ।
वि.सं.२०७८ भदौ १६ बुधवार १४:०२ मा प्रकाशित






























