back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए २००४ कोरोना संक्रमित, १६ जनाको मृत्यु

वि.सं.२०७८ भदौ १७ बिहीवार

690 

shares

१७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २ हजार ४ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १४,६५० वटा नमुना परीक्षणमा देशैभरी २,००४ जनामा संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौं ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ जना गरी उपत्यकामा आज ७९३ जना संक्रमित थपिएका छन् ।

आज थपिएका २,००४ संक्रमितसँगै देशमा हालसम्म ८ लाख ५० हजार २०८ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका १८४६ जना निको भएका छन् । आज निको भएका १८४६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ ।

त्यस्तै आज देशैभरी १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७८६ पुगेको छ ।

नेपालमा हाल ३३ हजार ९४६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३१ हजार ६१९ जना होम आइसोलेशन र २,३२७ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ५४४ र भेन्टिलेटरमा १६६ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ । आज आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढेको छ ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ४४ लाख १३ हजार ६७६ नमुना परीक्षण गरिएको छ । साथै नेपालमा हालसम्म ५४ लाख २५ हजार ८८८ जनाले पहिलो मात्रा र ४६ लाख ७७ हजार ९७६ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् ।

 

वि.सं.२०७८ भदौ १७ बिहीवार १६:५१ मा प्रकाशित

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...