back
CTIZAN AD

फार्मेसीमा अनियमितता भएको भन्ने उजुरीपछि कागजात नियन्त्रणमा

वि.सं.२०७८ भदौ १७ बिहीवार

762 

shares

१७ भदौ, चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले आज भरतपुर अस्पतालको फार्मेसीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । कार्यालयका उपसचिव विष्णु सापकोटाको नेतृत्वमा आएको टोलीले कागजात नियन्त्रणमा लिएको हो ।

फार्मेसीमा अनियमितता भएको भन्ने उजुरीपछि कागजपत्र परिवर्तन नहोस् भन्ने उद्देश्यले फार्मेसीसँग सम्बन्धित आर्थिक वर्ष २०७३÷७४ यताका कागजात नियन्त्रणमा लिइएको सूचना अधिकारी समेत रहेका उनको भनाइ थियो ।

अस्पतालले बोलपत्रमा परेका कम्पनीबाहेक अन्य व्यक्तिबाट समेत औषधि खरिद गरेको भन्ने उजुरी परेकाले खरिद, बिक्री र आम्दानीका विषयमा अनुसन्धान गर्न लागेको जनाइएको छ ।

सापकोटाले बीमा गरेका र अन्य बिरामीले औषधि नपाएको भन्ने गुनासो पनि रहेको जानकारी दिए । फार्मेसी अध्ययन गरेकालाई जिम्मेवारी दिनुपर्नेमा लामो समयसम्म अहेवको भरमा फार्मेसी रहेको थियो ।

बोलपत्रबमोजिम औषधिको म्याद सकिएर खेर गए पनि फार्मेसी जिम्मा लिनेहरुले आफ्नो अनुकूलका व्यक्तिसँग मात्र खरिद गरेको भन्दै व्यवसायीले विरोध जनाउँदै आएका थिए । अस्पतालमा गत एक वर्षमा सात मेडिकल सुपरिटेण्डेन्ट परिवर्तन भएकाले अस्पताल अस्तव्यस्त छ ।
रासस

वि.सं.२०७८ भदौ १७ बिहीवार १७:०९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...