back
CTIZAN AD

आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि सामलिङ्ग पावरको आइपीओ विक्री खुला

वि.सं.२०७८ भदौ १८ शुक्रवार

543 

shares

१८ भदौँ, काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (भदौँ १८ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आइपीओ विक्री खुला गरेको छ ।

यसअघि स्थगित भएको साधारण शेयर आजबाट विक्री हुने कम्पनीले जनाएको छ । कम्पनीले यस अघि आयोजना प्रभावित इलामका स्थानीयलाई साउन २२ गतेदेखि आइपिओ निष्काशन गर्ने भनेकोमा इलाममा जारी भएको निषेधाज्ञाको कारण आईपिओ बिक्रि स्थगित भएको थियो । उक्त आईपिओमा आजबाट पुन आवेदन दिन सकिने ब्यबस्था मिलाईएको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंग लिमिटेडले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र ईलामका स्थानिय वासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकितमूल्यका ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् तीन लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात दुई लाख कित्ता शेयर विक्री गर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गरेको उक्त आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार १०:४७ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...