भदौ १८, काठमाडौं । बागमती प्रदेश सभा सदस्य मिना नेपाल ज्ञवालीले पनि नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी छिन् । उनले शुक्रबार जिल्ला निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन्।
शारीरिक अस्वस्थताका कारण आराम गरिहेकी शुक्रबार मात्रै सनाखतको लागि पुगेकी हुन् । उनी समानुपातिक सांसद हुन्।
यससँगै एमालेका ५६ सांसद मध्ये माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा १३ सांसदले सनाखत गरेका छन् । योसँगै बागमतीको सत्तारुढ एमाले ४३ सांसदमा सीमित भएको छ ।
माधव पक्षले आइतबारसम्म थप केहि सांसद थपिने बताएको छ ।
वि.सं.२०७८ भदौ १८ शुक्रवार १७:३५ मा प्रकाशित






























