back
CTIZAN AD

गोरु काटेर मासु बेच्न लैजाने क्रममा पाँच पक्राउ

वि.सं.२०७८ भदौ १८ शुक्रवार

558 

shares

१८ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु काटेर मासु नगरकोटमा बेच्न लैजाने क्रममा पाँचजना पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकासँग सीमा जोडिएको यो स्थानमा चोरीको मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा बुधबार बेलुकी नै महानगरीय प्रहरी प्रभाग साँखुबाट गएको प्रहरीले गोरुको मासु ओसारिरहेको अवस्थामा पाँच जना स्थानीयवासीलाई पक्राउ गरेको हो ।

धोक्साङबाट बा६७प ६६११ नं स्कुटीमा बोराका बोरा मासु लगिरहेका बेला प्रहरीले सोधखोज गरी घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको हो । गोरु काट्ने, मासु ओसार्ने र त्यसमा प्रयोग भएको स्कुटी पनि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

ठूलाठूला दुई गोरु काटेर मासु नगरकोट लैजाने व्यक्तिसहित त्यस घटनामा संलग्नलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेमा प्रितम तामाङ, मानबहादुर तामाङ, सन्तबहादुर तामाङ, रञ्जित थिङ र विजय घिसिङ रहेका छन् । घोक्साङका स्थानीयवासी तीनै जनालाई जिल्ला अदालत काठमाडौँमा पेस गरी अनुसन्धानका लागि चार दिनको समय लिइएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।

यसैबीच कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको असहाय गाई बाच्छा संरक्षण स्थलमा आश्रित गोरु काटेर टाउको गाडी मासु बेचेको अवस्थामा भेटिएको छ ।

असहाय गाईबाच्छा संरक्षण अभियानले यस विषयमा अनुसन्धानका लागि नगरपालिका र प्रहरीमा उजुरी गरेको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए ।

संविधानमा राष्ट्रिय जनावर भनी सम्मान गरिएका गाईगोरु मासुका लागि काटिने, सडकमा छाडेर घाइते हुने, मारिने घटना बढ्दै जाँदासमेत सरोकार भएका सरकारी निकाय मुकदर्शक बनेको उनको भनाइ छ ।

अभियानले पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी क्षेत्रफलमा करिब दुई सय असहाय गाईबाच्छा संरक्षण गर्दै आएको छ । स्वयंसेवी रुपमा चलेको अभियानमा दाताले जन्मदिनलगायत विभिन्न अवसरमा सहयोग गर्दै आएका छन् ।
रासस

वि.सं.२०७८ भदौ १८ शुक्रवार १७:३८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...