back
CTIZAN AD

गण्डकी प्रदेशमा आज पाँच कोरोना संक्रमितको मृत्यु, १५७ संक्रमित

वि.सं.२०७८ भदौ १८ शुक्रवार

678 

shares

१८ भदौ, पोखरा । गण्डकी प्रदेशमा आज पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज मृत्यु भएका पाँचजनासँगै प्रदेशमा मृत्यु हुनेको संख्या १३०६ पुगेको छ ।

प्रदेशमा शुक्रवार म्याग्दीमा ५, पर्वतमा २, गोरखामा ९, लमजुङमा १०, तनहुँमा १०, कास्कीमा ८५, वागलुङमा २, स्याङजामा २१ र नवलपरासीपूर्वमा १३ जना गरी १५७ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएकामा ७४ महिला र ८४ जना पुरुष रहेका छन् ।

शुक्रवार थपिएका १५७ जनासँगै प्रदेशमा हालसम्म ८२ हजार १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७७ हजार ९२३ जना निको भइसकेका छन् । शुक्रवार प्रदेशमा ३४४ जना संक्रमणबाट मुक्त भएका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल २९२० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २,६५५ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९७० वटा नमुना परीक्षण गरिएको थियो ।

गण्डकी प्रदेशमा निरन्तर घट्दै कोरोना संक्रमितको संख्याः आज १८२ संक्रमित, १ जनाको मृत्यु

 

वि.सं.२०७८ भदौ १८ शुक्रवार १७:२२ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...