back
CTIZAN AD

आमाको अनुहार

वि.सं.२०७८ भदौ १९ शनिवार

2.8K 

shares

शरद्को सिर्सिरे बतास
आह्लादित हुँदा
खेतका गरा गरामा
बयेली खेल्न तल्लिन
धानका हरिया गाँजहरू हेर्दै
महिनौं देखिको
पेरुङ्गो झैँ खुम्चिएको
भोको पेट मुसार्दै
झिनो आशाको त्यान्द्रो सँगै
मुस्कुराईरहेका
प्रत्येक ओठहरूमा
म मेरी आमाको
शालिन मुस्कान देख्छु ।

चराहरूको चीर्बीर सँगै
रातले विदा माग्दा
आँगनमा स्यार्स्यार गरिरहेको
खरेटोको आवाज सुनेर
कैलीगाईको बाच्छो
बाँ गर्नु अघि
उम्लिरहेको तातो खोलेमा
म मेरी आमाको
सुनौलो विहान भेट्छु ।

धेरै बर्ष अघि देखि
हुरी बतास
अनि घाम पानी झेल्दै
ङ्याच्च परेको
हाम्रो घरको दलिनमा
भर्खर लिपेर ओभाउन लागेको
गोबरमाटोको सुगन्धमा
म मेरी आमाको
छुट्टै पहिचान भेट्छु ।

ए शहरका मान्छे
तिम्रो शहरमा
बयेली सँग मुस्कान
चीर्बीर सँग बिहान अनि
गोबरमाटो सँग आमाको पहिचान
साट्नै पाइदैन,
त्यसैले त मलाई
तिम्रो फुस्रो शहर
चाहिँदा पनि चाहिँदैन
किनकि त्यहाँ
मेरी आमाको अनुहार
देख्नै पाँइदैन ।

इनरुवा, सुनसरी

वि.सं.२०७८ भदौ १९ शनिवार ०९:१४ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

कविता : सखी

कविता : सखी

कल्पना अधिकारी,टोखा, काठमाडौँ साथ तिम्रो मिलेकैले जिएकी छु म कल्पना...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

कविता : परमेश्वर हुन् बाबु र आमा

कविता : परमेश्वर हुन् बाबु र आमा

कविराज घिमिरे चाँगुनारायण , भक्तपुर तोय पिलाए ज्ञान दिलाए शैक्षिक...

कविता : सानो नमस्कार छ

कविता : सानो नमस्कार छ

हिरा भट्ट"बदमास नम्बर दुई" पञ्चेश्वर-६, बैतडी ढिस्कानो गुटको फलानु कविका...