Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

कथा: दुई लास



एउटा ठूलो दुबो ओड़ेको चौर छ । त्यस चौरकै छेउमा उष्णाको घर थियो । उनी बिहानै जहिले पनि झ्याल छेउमा उभिएर त्यही दुबो ओड़ेको चौरतिर हेर्ने गर्थिन् । जहाँ हरेक बिहानी बिरेन व्यायाम गर्न आउँथ्यो । बिरेनको उपस्थितिले उष्णा यति धेरै एकोहोरो हुन्थिन् कि उसको छेउमा कोही आईपुग्दासम्म वास्तै गर्दिनन् ।

बिरेन पेशाले शिक्षक मान्छे । हेर्दा हष्टपुष्ट रातो पिरो सुगठित शरिरले पनि उसैउसै आकर्षक देखिन्थ्यो । बिरेन नोकरीवाला भए पनि अविवाहित थियो । तेत्तीस चौतिस बर्षे युवा केटा, रुपरंगले पनि लोभाउने ईश्वरकै वरदान पाएको छ उसले । बिरेनकै बिधार्थी त हो नि उष्मा । उनी दश कक्षाको बिद्यार्थी थिइन् । बिरेनले उष्णालाई नेपाली बिषय पढाउने गथ्र्यो ।

कुनैदिन बिरेन सरको क्लास नभए उष्मा अति छटपटिन्थिन् ! यति छटपटिन्थिन् कि उष्णाको त्यो हालत देखेर उनकी साथी रिनाले अचम्म मानेर सोध्ने गर्थीन् – ‘ओई उष्णा ! आज के भयो तँलाई हाँ ?’

– ‘केही भएको छैन ।किन र ?’

– ‘तलाई निकै छटपटी देख्छु नि ! सन्चै त छस् के ?’

‘ठिकै त छु नी । मलाई केही भएको छैन ।’ – यसै भनेर उष्णा चुप हुन्थिन् । त्यसदिन कुराकानी गर्दागर्दै पनि उष्णाको एकोहोरोपन भने हटेन । स्कूल विदा हुन्छ । सबै आ–आफ्नै घरतिर लाग्छन् । साथीहरु आपसमा हाँस्दै जिस्किदै हिड़छन् । उष्णाभने एकोहोरो थिइन् । तर किन ? कसैलाई पनि थाहानै भएन । रिनाले मात्रै बिचारेको छ उष्णालाई । अनि उसको बदलिएको अवस्थालाई ।

भोलिपल्ट संधै झैं बिरेन क्लासमा उपस्थिति हुन्छ । क्लास शुरु हुन्छ । त्यतिबेला उष्णा यति चंचल हुन्छिन कि हिजोको एकोहोरोपन अनि आजको चंचलेपन परिवर्तित हालत देखेर रिना उदेक मान्छिन् । उष्णा पक्कापक्की बहुलीनै भएको अनुभुति गर्छिन् । रिनाले मनमनै सोच्छिन् ! कुनै दिन बिरेन सर अनुपस्थित हुँदा उष्णा विरक्तभइ एकोहोरो हुन्छिन् । फेरि सरको उपस्थिति भए बहुली भएर हर्षित हुन्छिन् । केहि त छ रहस्य ? उष्णाको मन मैले खोतल्नुनै पर्छ भनेर ठान्छिन् – ‘ओई उष्णा ! एउटा कुरा सोधुँ तँलाई ?’

उष्णा झस्किन्दै भन्छिन् – ‘सोध न ?’
‘आज तँलाई घरि निकै हर्षीत देख्छु । कहिले उदास देख्छु । के छ तेरो समस्या ? मलाई भन न । म तेरो सानैदेखिको मिल्ने साथी होइन र ?’

‘त्यस्तो केही छैन रिना । म ठिकै त छु ।’
‘होइन उष्णा ! तैंले केही ढाट्दैछस् मलाई । तेरो अनुहारको रूपरंगबाटनै थाहा पाइहाल्छु । आज तेरो बोलीनै फरक छ । कि कसैको प्रेमजालमा फसिस् प्यारी ?’ रिनाले गिज्याउँदै भन्छिन् ।

रिनाको यो कुरा सुनेर अलिक हड़बडिन्छिन् उष्णा । लजाएर रातोपिरो अनुहार हुन्छ । अलिक डराएकी झैं सम्हालिन्दै हाँस्दै –‘कसको प्रेममा फसिनु छर मलाई रिना ! कसले प्रेम गर्छ र म जस्तो ध्वाँसी अभागिन् केटीलाई ? प्रेम गर्नुलाई राम्री हुनुपर्छ होइन र ? यस्तो गुण मसित कहाँ छ र रिना ? कहाँ छ र ?’ उष्णा भावुक हुन्छिन् ।
‘हैट ! आज के के पो भन्छ हौ यो उष्णाले ।’
‘जे सत्य छ । मैले त्यही कुरा भनेको हुँ रिना ।’

उष्णालाई सम्झाउँदै रिनाले भन्छिन् – ‘उष्णा ! तँ राम्री छस् प्यारी । तँलाई कसले भन्छ हाँ नराम्री, भन त मलाई ?’
‘धन्यबाद ! रिना । मलाई तैंले हरेक समय साथ दिएकी छेस् । ऋण लाग्यो मलाई ।’– यति भन्दै उष्णाको ओइलिदै गरेको मुहार फेरि चम्किलो बन्छ ।
कुरा घुमाउदै रिनाले सोध्छिन् – ‘ओई उष्णा ! मलाई थाहा छ, तेरो मनभित्र कुनै समस्या छ नै । तेरो हर्ष र उदासीपन यसैको परिणाम हो । आज तैंले मलाई वास्तविक कुरा भन्नै पर्छ । नत्र के साथी परे म ? तँ र म संगै हुर्की बडि आजसम्म साथ छौ । तेरो–मेरो दुःख–सुख एकै त हो नि ! होइन र ? तँलाई परेको मलाई हो । मलाई परेको तँलाई हो । तेरो स्वभावले बताउँदैछ ! तं भित्र कुनै पीड़ा छ । जुन पीड़ा समयमा ख्याल नगरे घाऊ बन्छ । अनि बिस्तारै थाहा नपाएर क्यान्सर हुन्छ । जसको उपचार नहोला । यसैले समय छदै उपचार गरिहाल्नु पर्छ नि ।’
‘तेरो कुरा म समर्थन गर्छु प्यारी । तर पनि कति मनको कुरा मनमै होस् ठान्छु ।’ – हाँस्दै भन्छे उष्णा ।

उष्णाको कुरा बिचैमा काट्दै भन्छिन् रिना – ‘मैले बुझिसके उष्णा तँ कसैको मायाजालमा फसिसकेकी छस् ।’

रिनाको कुरा सुनेर उष्मा झस्किन्छिन् । पन्छिन खोज्दै भन्छिन् – ‘होईन हौ रिना ! जाउँ घर छिटो ।’

रिनाले जिद्दी गर्दै सोध्छिन् – ‘भन न उष्णा ! भन तेरो छटपटिको राज । अनि उदासीपनको रहस्य। हर्षित हुँदाको कुरा । आज म सुन्नु आतुर छु भन न मलाई ।’

उष्णा केही अप्ठ्यारो मान्दै भन्छिन् – ‘रिना ! तैले ठिकै कुराको अन्दाज गरिस् । तेरो यस्तै प्रश्नहरू उठ्ला कि भन्दै म छ्ल्दै थिए । तर तेरो जिद्दीपन संग म हारे । हो रिना ! म भित्र प्रेमको तरंगहरु जन्मिएको छ । त्यो तरंगले मलाई यति ठूलो करेन्टको झट्का हान्छ कि म शायद बाँच्दिन होला ! किन कि, त्यो प्रेम छेउ म पुग्न सक्दिनँ । तरै पनि म उसलाई हृदयदेखि प्रेम गर्छु । उ बिनाको जीवन, जीवनै होइन जस्तो लाग्नु थाल्यो । दुःख लाग्छ ! उसलाई मेरो प्रेमको कुरा राख्नु सक्दिनँ ।’
‘हो ! यसो हो कुरा । सही बाटो आईस प्यारी’ – यसै भन्दै रिना आझै उत्साहित हुँदै सोध्छे – ‘भन ! को हो केटो ? त्यस कहाँ म तेरो मनको कुरा राखिदिउँला ।’
‘सक्छस् के ? आँट हुनुपर्यो नि ।’

कुरा सुनेर रिनाले भन्छे – ‘अरे बाबा भन न त ! केटोको नाम ? नाथे यति सानो कुरा एकै चुटकीमा भनिदिन्छु । भन भन केटोको नाम प्यारी म आहिलेनै भनिदिन्छु ।’
अलिक लजाउँदै –‘रिना ! त्यो केटा बिरेन सर हो ।’ भनेर छोटो उत्तरमा निर्धक्क भन्छ ।

रिना यतिबेला भने मुख ‘आँ ञ गरेर हेरेको हेर्यै जिल्ल हुन्छे । अग्लो पहाड़बाट खसेर भुँइमा बज्रिएको झैं भान गर्छे ।
रिना ट्वाल्ल पर्दै मुकदर्शक बनेर हेरेको हेर्यै हुन्छे । उस्को मुहारको भाव हेरेर – ‘चुप भइस् नि ? बोल्दैनस् नत ?’– भनेर हल्का हाँसो सित आफ्नै बाटो लाग्छन् ।

यतिबेला रिनाले मनमनै सोच्दैछिन् ! प्रेम पाउन कतिको सम्भव छ ? कति असम्भव छ नि ? प्यारी ! उसो त तेरो प्रेम बिच अनेक पहाड़ खड़ा छ । त्यति नै असम्भव पनि त हो नि । त्यसै माथि बिरेन आफैलाई पढाउने सर हुन् । उनि सित सोच्नै नसकिने प्रेमको कुरा । कसरी सम्भव हुन सक्छ र प्यारी ? सर र तेरो मिलन एकदम असम्भव छ । रिनाले यति सोच्दा नसोच्दै उष्णा उसलाइ छोडेर निक्कै पर पुगिसकेकी हुन्छिन् ।

भोलिपल्ट रिना स्कूल जान्छे । तर सधैं जस्तो बाटोमा उष्णालाई भेटिनन् । त्यसदिन उष्णा स्कूलनै आएकि रहेनछ । सबै साथीहरू सधैं झैं पढाईमा ब्यस्त थिए । तर रिनालाई भने उष्णा ‘किन स्कूल आइनन ?’ भन्ने मनमा दुखेसो लागिरहेको थियो ।

स्कुल विदा हुनासाथ हतार–हतार रिना घर तिर कुद्छीन् । घरमा पुगेपछि मात्र दुखद अपत्यारिलो दुःखद घटना थाहा पाउँछिन् । उष्णा बिहान ठिकै अवस्थामा थिएछ । स्कूल आउनुलाई तयार भई ड्रेस लगाएछ अनि स्कूल निस्कनुको साटो उसले बिहान आफ्नै कोठाभित्र गलामा पासो लगाएर आत्महत्या गरेकि रहेछिन् । यो घटना सुनेपछि रिनापनि उत्तिखेरै त्यही मुर्छा परिन् कहिले नउठ्ने गरी । एकै गाउँमा दुई लास लडिरह्यो। त्यतिबेला बाहिर साँझको अस्ताउँदो सुर्यको रातो घामको प्रकाश फैलिरहेको थियो । सरररर पानी परेको परिरह्यो । घरिघरि भाले बासेर बिरक्त साँझको संकेत बनिरह्यो निरन्तर …..।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना