back
CTIZAN AD

बङ्लादेशमा सेप्टेम्बर १२ देखि विद्यालय पुनः सञ्चालन गरिने

वि.सं.२०७८ भदौ १९ शनिवार

738 

shares

१९ भदौ, ढाका । बङ्लादेशमा लामो समयदेखि बन्द रहेको विद्यालय तथा क्याम्पस आगामी सेप्टेम्बर १२ देखि पूनःसञ्चालन गरिने भएको छ ।

बङ्लादेश सरकारले विद्यालय तथा क्याम्पस पूनःसञ्चालन गर्ने घोषणा गर्दै त्यसका लागि तयारीसमेत गर्न सरोकारवाला सबैलाई आह्वान गरेको छ ।कोरोनाभाइरसको महामारीका कारण बन्द भएका विद्यालय तथा क्याम्पस झण्डै १८ महिनापछि पुनः सञ्चालन हुने भएको अधिकारीले जनाएका छन् ।

बङ्लादेशका शिक्षा मन्त्री दिपु मोनीले विद्यालय खुल्ला गरिएपनि सबै विद्यार्थीको पठनपाठन भने अहिले नै नहुने स्पष्ट पारे । उनले शुक्रबार दिएको जानकारीअनुसार सुरुमा परिक्षा आउन लागेका विद्यार्थीको मात्रै पठन पाठन सुचारु गरिने भएको हो ।

अन्य विद्यार्थीलाई भने भीडभाड नहुनेगरी हप्तामा एक÷दुई दिन पढाउनेगरी व्यवस्था गर्न लागिएको पनि शिक्षा मन्त्री मोनीले जानकरी दिए । उनले पढाइ हुने दिनको सङ्ख्या भने कोरोनाभाइरसको महामारीको अवस्था हेरेर बढाउदै लैजान सकिने पनि । बङ्लादेश सरकारले विश्वविद्यालय भने यसअघि अक्टोबर १५ देखि नै सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बङ्लादेशमा अघिल्लो वर्षको मार्चदेखि महामारी धेरै फैलिएको भन्दै विद्यालय बन्द गरिएको थियो । बन्द गर्ने म्याद थप्दै थप्दै यही सेप्टेम्बर ११ सम्म पुगेको छ । अब भने बन्द गर्ने म्याद नथपिने भएकाले सेप्टेम्बर १२ देखि विद्यालय खुल्ला हुने भएका हुन ।

बङ्लादेशमा कोरोनाभाइरसका कारण अहिलेसम्म १५ लाख १० हजार २८३ जना सङ्क्रमित भएका छन् भने तीमध्ये २६ हजार ४३२ जनाको मृत्यु भएको छ ।
रासस

वि.सं.२०७८ भदौ १९ शनिवार १५:०९ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...