back
CTIZAN AD

जोखिम पत्रकारिता पुरस्कारमार्फत काफ्ले र आचार्य सम्मानित

वि.सं.२०७८ भदौ १९ शनिवार

711 

shares

१९ भदौ, चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाले जोखिम पत्रकारिता पुरस्कारबाट यहाँका दुई जना पत्रकारलाई सम्मान गरेको छ ।

चौतारीले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा चितवन पोष्ट दैनिकका कुलप्रसाद काफ्ले र नारायणी अनलाइनका हिरालाल आचार्यलाई रु १० हजार नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सो अवसरमा राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले नेपाली पत्रकारिता आवाजविहीनहरुको आवाज बन्नुपर्ने बताए ।

नेकपा एमाले चितवनकी अध्यक्षसमेत रहेकी रावलले एउटा सूचनाले जीवन जोगाउन र जीवन जान पनि सक्ने भएकाले यसप्रति पत्रकार सजग र सचेत हुनुपर्ने बताउँदै पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा आफ्नो पार्टी रहेको जानकारी दिए ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य जगन्नाथ थपलिया, प्रेस चौतारी नेपाल वाग्मती प्रदेश सहसंयोजक शिशिर सिंखडा, पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सङ्गठन चितवनका अध्यक्ष प्रकाश ज्ञवालीलगायतले पछिल्ला दिनमा पत्रकारिता क्षेत्रमा जोखिम बढ्दै गएको बताए ।

प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीलाई सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
रासस

वि.सं.२०७८ भदौ १९ शनिवार १५:२८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...