back
CTIZAN AD

क्युवामा बालबालिकालाई पनि कोरोना विरुद्धको खोप

वि.सं.२०७८ भदौ १९ शनिवार

912 

shares

१९ भदौ, हभाना । क्युवामा शुक्रबारदेखि बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

कोरोनाभाइरसको महामारी बढ्दै गएकाले क्षती न्युनिकरणका लागि बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको अधिकारीले जनाएका छन् ।

क्युवाका स्वास्थ्य अधिकारीका अनुसार दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको हो । बालबलिकासँगै शिक्षक शिक्षिकालाई पनि खोप लगाएर विद्यालयको पठनपाठन भौतिक उपस्थीतिसहित सुरु गर्ने योजना क्युवा सरकारले बनाएको छ ।

उनीहरुलाई खोप लगाउने अभियानको पहिलो चरणमा ८० हजार माध्यामिक तहका विद्यार्थी र १० हजार शिक्षकलाई खोप लगाइने भएको छ । क्युवामा देशभरी गरेर अहिले सात हजार विद्यालय रहेका छन् । उनीहरु मध्ये अधिकांशलाई खोप केन्द्रसमेत तोकिएको छ ।

सबै विद्यार्थी र शिक्षक शिक्षिकाले खोपको मात्रा पुरा गरेपछि विद्यालयमा पठन पाठनसमेत सुरु गरिने अधिकारीले जानकारी दिएका छन् । क्युवामा पछिल्लो एक दिनमा छ हजार ९२७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् भने ७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
रासस

वि.सं.२०७८ भदौ १९ शनिवार १४:५० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...