back
CTIZAN AD

सुनचाँदी व्यवासायी बीमाको दायरामा

वि.सं.२०७८ भदौ २१ सोमवार

642 

shares

२१ भदौँ, काठमाडौँ । नेपालभित्र सुनचाँदीको व्यवसाय गरिरहेका व्यवसायी बीमाको दायरामा आएका छन् । सो व्यवसाय आफैँमा अत्यन्तै संवेदनशील व्यवसाय भएकाले बीमा अत्यावश्यक रहेको माग रहँदै आएको थियो ।

सोही मागअनुसार नै यस व्यवसायमा आबद्ध व्यवसायीका लागिसमेत थप सहज भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासङ्घ र एनएलजी इन्स्योरेन्सबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच सरल र सहजरूपमा बीमाका क्षेत्रमा काम गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष शाक्यका अनुसार यो समझदारीसँगै अब मुलुकभरका सुनचाँदी वयवसायीले एनएलजी इन्स्योरेन्स कम्पनीसँग सहज र सरलरूपमा बीमा गरी व्यावसायिक लाभ लिन सक्नेछन् ।

देशभरका सबै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यले कम्पनीको कुनै पनि शाखाबाट यो सुविधा लिनसक्ने उनले बताए । कार्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पन्तले दुई संस्थाबीच भएको समझदारीले सुनचाँदी व्यवसायी महासङ्घमा आबद्ध व्यवसायी लाभान्वित हुने उल्लेख गरे ।

वि.सं.२०७८ भदौ २१ सोमवार १०:४२ मा प्रकाशित

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...