back
CTIZAN AD

गण्डकी प्रदेशमा थपिए २५२ कोरोना संक्रमित, ३ जनाको मृत्यु

वि.सं.२०७८ भदौ २१ सोमवार

666 

shares

२१ भदौ, पोखरा । गण्डकी प्रदेशमा सोमवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार सोमवार प्रदेशको पर्वत, कास्की र नवलपरासीपूर्वका १/१ जना गरी ३ जनाको मृत्यु भएको हो ।
सोमवार थपिएका ३ जनासँगै प्रदेशमा मृत्यु हुनेको संख्या १३१५ पुगेको छ ।

प्रदेशमा सोमवार म्याग्दीमा ९, पर्वतमा २, गोरखामा १, लमजुङमा ५, तनहुँमा १७, कास्कीमा १६३, वागलुङमा २, स्याङजामा ३३ र नवलपरासीपूर्वमा २० गरी २५२ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएकामा १४० महिला र ११२ जना पुरुष रहेका छन् ।

निर्देशनालयको विवरण अनुसार प्रदेशमा केही दिनयता कोरोना संक्रमितको संख्या घट्दै गएकोमा आज फेरि बृद्दि भएको छ ।

सोमवार थपिएका २५२ जनासँगै प्रदेशमा हालसम्म ८२ हजार ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७९ हजार ५७ जना निको भइसकेका छन् । सोमवार प्रदेशमा ३५० जना संक्रमणबाट मुक्त भएका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल २३०९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २०११ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ११२३ वटा नमुना परीक्षण गरिएको थियो ।

वि.सं.२०७८ भदौ २१ सोमवार १७:३७ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...