२१ भदौ, सिसेल्स । नेपाली नारीहरुको नेपाली नारीहरूको विषेश चाँड हरितालिका तिजको अवसरमा, गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सिसेल्सले दुई चरणमा गरि शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

जस अन्तर्गत पहिलो चरणमा २९ अगस्टमा सबैभन्दा धेरै नेपाली रहेको सहर सिसेल्सको राजधानी भिक्टोरिया (माहे आइल्याण्ड) मा सम्पन्न भएको थियो भने ५ सेप्टेम्बर २०२१ मा दोस्रो ठूलो सहर प्रासलिन आईल्याण्डमा सम्पन्न भएको संघका अध्यक्ष मनोज बिकले जानकारी दिए ।


वि.सं.२०७८ भदौ २१ सोमवार २०:०३ मा प्रकाशित



























