२१ भदौ ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) महालक्ष्मी नगरपालिका वडा नं. ८ कमिटिको आयोजनामा ‘सदस्यता नविकरण’ कार्यक्रम सम्पन्न भएको छ ।

वडा कमिटी अध्यक्ष सानुकान्छा श्रेष्ठको अध्यक्षतामा आइतवार सम्पन्न ‘सदस्यता नविकरण’ कार्यक्रममा ललितपुर जिल्ला इञ्चार्च हरि दाहाल, बागमती प्रदेश कमिटिका सदस्य शिव कट्टेल, ललितपुर जिल्ला समन्वय कमिटिका संयोजक तथा बागमती प्रदेशका प्रदेश सांसद राजकाजी महर्जन र महालक्ष्मी नपा कमिटीका अध्यक्ष श्यामकृष्ण महर्जनको उपस्थिति रहेको थियो ।

जिल्ला कमिटी सदस्य रामगोपाल सिंहको स्वागत भाषणसंगै शुरु भएको कार्यक्रममा जिल्ला इञ्चार्ज हरि दाहालले जनताको घरदैलोमा गएर उनिहरुको पिरमर्का बुझेर कामगर्न तथा आगामी निर्वाचनमा पार्टीलाइ जिताउन अहोरात्र खट्न सदस्यहरुलाइ निर्देशन दिएका थिए ।
त्यस्तै ललितपुर जिल्ला समन्वय कमिटिका संयोजक तथा बागमती प्रदेशका सभासद राजकाजी महर्जनले पार्टिले गरेको कामको चर्चा गर्दै सदस्यता परिचयपत्र बितरण गरेका थिए ।

वि.सं.२०७८ भदौ २१ सोमवार १८:३१ मा प्रकाशित






























