back
CTIZAN AD

अर्थतन्त्र चलायमान बनाउन कुरियर सेवाको भूमिका

वि.सं.२०७८ भदौ २३ बुधवार

783 

shares

२३ भदौ, काठमाडौं । कोभिडमा अर्थतन्त्र चलायमान बनाउन कुरियर सेवाको महत्वपूर्ण भूमिका रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका बेला अर्थतन्त्रलाई चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

नेपाल कुरियर सेवा संघको २७ औं वार्षिक साधारणसभालाई मंगलबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कुरियर सेवा राज्यका सबै क्षेत्रका लागि आधारभूत आवश्यकताको क्षेत्र रहेकाले यसको सेवामा कुनै अवरोध हुन नहुने धारणा राखे ।
“यसको सेवा विस्तार र पूर्वाधार तयारीका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ,” वरिष्ठ उपाध्यक्ष ढकालले भने, “यसका लागि निजी क्षेत्रको छाता संगठनका हैसियतले नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्नेछ ।”

वरिष्ठ उपाध्यक्ष ढकालले इमेल इन्टरनेटका कारणले कुरियर सेवा छायाँमा परेको जस्तो देखिए पनि यसको महत्वमा कहिल्यै कमी नआउने उल्लेख गरे । व्यापार व्यवसायमा मात्र नभई आम सर्वसाधारण समेतको सेवा दिइरहेको कुरियर सेवा ओझेलमा परेको उल्लेख गर्दै उनले संसारका विकसित मुलुकमा यसको महत्वमा कहिल्यै कम नआएको र नेपालले पनि संरक्षण र सम्बद्र्धन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

ढकालले कुरियर सेवा संघमा सर्वसम्मत नेतृत्व चयन हुनु स्वागतयोग्य रहेको उल्लेख गर्दै यसका लागि संघ नेतृत्वको पहल सह्रानीय रहेको बताए । उनले आफूले सुरुवाती दिनमा कार्गो र कुरियर क्षेत्रबाटै व्यवसाय सुरु गरेको स्मरण गर्दै यस क्षेत्रले भोग्नुपरेका समस्या आफूले महशुस गर्नसक्ने धारणा राखे ।

उनले सुरुवाती दिनमा व्यवसायमा समस्या रहे पनि निरन्तर लागिरहे एक दिन अवश्य सफल हुनसकिने बताए । कुरियर व्यवसायमा पहिले अस्वस्थ प्रतिस्पर्धासमेत हुने गरेको स्मरण गराउँदै उनले व्यवसायीलाई सेवामा कुनै सम्झौता नगर्न आग्रह गर्दै सेवाशुल्क र अन्य शुल्क पारदर्शी हुनुपर्ने बताए ।

संघको २७ औं वार्षिक साधारणसभाले देवेन्द्र खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १२:४६ मा प्रकाशित

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...